IME Life New

महुलीमा मर्ज भएको नवकिरण लघुवित्तको शेयर अभौतिकरण गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थामा मर्ज भएको साविक नव किरण लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुलाई महुली लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर अभौतिकरण गर्न बिक्री प्रबन्धक सनराईज क्यापिटल कम्पनीले आग्रह गरेको छ ।

बिक्री प्रबन्धक सनराईज क्यापिटले आज जारी गरेको सूचना अुनसार कात्तिक २३ गते प्राप्त अन्तिम स्वीकृति मुताविक महुली लघुवित्त र नव किरण लघुवित्त मंसिर ८ गतेदेखि एक आपसमा गाभिएपछि १००ः ९५ शेयर अनुपात अनुसार साविक नव किरण लघुवित्तको नामाबाट जारी भएको संस्थापक शेयर रद्द गरी महुली लघुवित्तको नामबाट शेयर अभौतिक गर्न आग्रह गरेको हो ।

Esewa
Crest

त्यस्तै, साविक नव किरण लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुलाई हितग्राही खाता खोल्न बाँकी रहेका शेयरधनीहरुलाई साविक नवकिरण लघुवित्तको सम्पुर्ण शेयर प्रमाणपत्रहरुका साथ पुर्ण विवरण खुलाई तोकेको ढाचाँमा आवेदन भरी महुली लघुवित्तको नामबाट दरखास्त रुजू गरी सम्बन्धीत हितग्राही खाता रहेको ठाउँबाट डिआरएन बनाई उक्त कागजातहरु महुलीको संस्थामा वा शेयर रजिष्टार सनराइज क्यापिटलमा बुझाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS