IME Life New

महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ। यो लघुवित्तको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको ठमेलस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS