IME Life New

महिला लघुवित्तको आइपीओमा भोलिसम्म आवेदन दिन पाइने, अहिलेसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा  भोलि बुधबारसम्म आवेदन दिने पाइनेछ। संस्थाले माघ ३० गतेबाट बिक्री खुला गरेको भए पनि त्यस दिन सरकारले सार्वजनिक बिदा दिएकाले उक्त दिनलाई  चार दिन भित्र गणना गरिएको छैन। संस्थाले सुरुमा आजसम्म बिक्री खुला गर्ने सूचना जारी गरे पछि उक्त दिन सार्वजनिक विदा परेकाले बुधबारसम्म बिक्री खुला राख्ने भएको हो।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

Esewa
Crest

सोमबार बेलुका ५ बजेसम्ममा १२ लाख १ हजार ८ सय ९० जना आवेदकले १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ३५ हजार एक सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएको छ । माग गरिएको ३ लाख ७५ हजार कित्ता भन्दा ४९.४२ गुणा धेरै आवेदन हो ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्तआइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS