IME Life New

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता भएकोृ छ । ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानगर्ने उद्देश्यले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापत्र एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

Esewa
Crest

उक्त सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक, सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीच थेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

हालसम्म बैंकले ९९ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS