IME Life New

महालक्ष्मी विकास बैंकद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्सबिचको सहकार्यमा महालक्ष्मी विकास बैंकको पालुङ शाखाबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजना अन्तर्गत पर्न आएको मृत्यु हकदावी बीमा रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले बीमा बापतको ६ लाख सात हजार पाँच सय हकवालालाई हस्तान्तरण गरेको हो । थाहा न. पा. वार्ड नं १० का मृतक बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी मृतक देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

विष्णु मगरको हकवाला कल्पना घर्तीलाई ५ लाख २५ हजार र देगु माया बलामीको हकवालालाई ८२ हजार ५ सय रकम प्रदान गरेका हुन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्मालर मृतकको निवासमा गई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS