IME Life New

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पुस २७ मा दोस्रो साधारणसभा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिडेटको पुस नौ गते बसेको संचालक समितीको २२ औ बैठकले कम्पनीको दोस्रो बार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले २७ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारणसभामा २०७४/७५ को आय व्यय हिसाब, नाफा, नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने भएको छ ।

साथै सभाले २०७५ असार मसान्तसम्म कबुल शेयर बापत रकम भुक्तानी गरी कल इन एडभान्समा रहेको रकममा ५ दशमलव ५ प्रतिशतको दरले ब्याज रकम वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।त्यसैगरि पहिलो साधारण सभाले नियुक्त गरेको सञ्चालकहरुले राजीनामा दिएपछि दोस्रो सभाले नियुक्त भएका सञ्चालकको अनुमोदन गर्ने, वित्तीय विवरण माथि छलफल तथा नगद प्रवाह स्वीकृत गर्ने तथा लेखा परीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा माथि छलफल गरि पारित गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS