IME Life New

महालक्ष्मी लाईफले जीवन हेरचाह बीमा योजना ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना बजारमा ल्याउने भएको छ । कम्पनीले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ २६ गते आईतबार बजारमा विक्रिको लागि ल्याउने भएको हो ।

एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको छ ।

Esewa
Crest

केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यु भएमा इच्छाईएको व्यक्तिलाई बीमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ ।

बीमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पूनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले ल्याउन लागेको जीवन हेरचाह बीमा योजनाले प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा बीमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ ।

नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछि पनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरीएको छ । साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ती पछि विमांक र आर्जीत वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS