IME Life New

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जर्नी टु सक्सेस सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा जर्नी टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । यही मंसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि गराइएको थियो।

Esewa
Crest

बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा २६ वर्ष देखि बैंक, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिए ।

कार्यक्रमका विशेष अतिथि पूर्व प्राध्यापक, स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा. दामोदर बसौलाले आफुले लामो समय देखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिदै बीमा पेशामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नु पर्ने बाटोहरु बारे जानकारी गराए ।

कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले धन्यवाद ज्ञापन गर्दै बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिए ।

उक्त कार्यक्रममा महालक्ष्मी लाइफका लिडर अभिकर्ताहरुले आ आफ्नो अनुभवहरु राख्दै बीमा क्षेत्रमा सफल हुनको लागि सेमिनारबाट प्राप्त व्यवहारिक ज्ञानले ठुलो मद्दत र हौसला प्रदान गरेको तथा भविष्यमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS