IME Life New

महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार तेस्रो वार्षिक साधारण सभा  सम्पन्न  गरेको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।
सभाले आर्थिक वर्ष २०७५/७६ को  वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ । साधारणसभाबाट संस्थापकहरु शेयरधनी समुहबाट  आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित  भएका छन्।

Esewa
Crest

त्यस्तै  साधारणसभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS