IME Life New

महालक्ष्मी लाइफले बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । हाल सरकारले लगाएको निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न समस्या भएको हुनाले कम्पनीले बीमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको हो ।

अहिलेको यस्तो विषम अवस्थामा सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न बीमितहरुले बीमा शुल्क भुक्रानी गर्न असमर्थ भएको कम्पनीले जनाएको छ । आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको जनाएको छ ।

Esewa
Crest

२०७८ आषाढ मसान्त भित्र बीमा शुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म शतप्रतिशत, ३ महिनाभन्दा माथि ६ महिना सम्म ७५ प्रतिशत र ६ महिना भन्दा माथि ५० प्रतिशत बिलम्व शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS