IME Life New

महालक्ष्मी लाइफको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोखरामा ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ सम्पन्न गरेको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेचीदेखी महाकालीसम्मका शाखा/उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रेरणामुलक तालिम प्रदान गरेका थिए। कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा सहभागी अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा, सरस्वती पन्थी, कुमार बहादुर कार्कीले मन्तव्य राखेका थिए। कार्यक्रममा नियो डिजिटल प्रा.लि. ले अभिकर्ताको लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS