IME Life New

मर्ज पश्चात यसरी बलियो बन्दै छ ग्लोबल आइएमई बैंक 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दुई वाणिज्य बैंक ग्लोबल बैंक र जनता बैंक मर्ज भए संगै नेपालकै ठुलो वाणिज्य बैंक बन्ने निश्चित जस्तै भएको छ।  मर्ज पश्चात सस्थाको नाम ग्लोबल आइएमई बैंक रहने र प्रमुख कार्यकारी अधिकृतका रुपमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रहने सहमति भएको छ।  शेयर स्वापको विषयमा ८५ रुपैयामा भद्र सहमति भएको छ।

 

Esewa
Crest

८५ रुपैयाँ स्वापलाई आधार मान्दा मर्ज पश्चात बैंकको चुक्ता पुँजी १७ अर्ब ११ अर्ब पुग्ने छ।  जनता बैंकको अहिलेको पुँजी ८ अर्ब भएपनि १ अर्ब २० करोड स्वाप मार्फत जगेडा कोषमा जानेछ।

त्यस्तै  मर्ज पश्चात बैंकको निक्षेप संकलन १ खर्ब ८७ अर्ब हुने छ भने कर्जा  प्रवाह १ अर्ब ६७ करोड हुने छ।

ग्लोबलको अहिले वार्षिक प्रति शेयर आम्दानी  २४ रुपैयाँ २१ पैसा रहेको छ भने जनताको १७ रुपैयाँ ०६ पैसा रहेको छ। मर्ज पश्चात यही तथ्याकलाई आधार मान्दा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ ५७ पैसा हुने छ।

दुई बैंकको वार्षिक वितरण योग्य मुनाफा २ अर्ब ७३ करोड हुने छ।  त्यस्तै १ अर्ब २० करोड रुपैयाँ  जनातालाई कम अनुपातमा मर्ज गरे  बापत शेयर स्वाप भएर बस्ने छ। सो रकम बोनस शेयर  प्रयोजनार्थ आगामी वर्षहरुमा प्रयोग गर्न सकिने छ।

यसरी ग्लोबल बैंक मर्ज पश्चात नेपालकै ठुलो बैंक बन्ने देखिन्छ।  मर्जले सिनर्जी ल्याए पनि चुनौती पनि थुप्रै छन्।  कर्मचारी समायोजन, मर्ज पश्चात दुई बैंकका माथिल्ला तहका कर्मचारी बीच मनमुटाव जस्ता समस्याहरुलाई चिर्दै अघि बढेमा बैंक एक नया उचाईमा पुग्ने देखिन्छ।

मर्ज पश्चात चन्द्र ढकाल नेपाल कै ठुलो बैंकको अध्यक्ष हुने छन् भने केही समय देखि रिक्त रहेको  ग्लोबलको प्रमुख कार्यकारी अधिकृतको पद अनुभवी प्रमुख कार्यकारी अधिकृत प्रशु राम कुँवरले समाल्ने छन्।

यो मर्ज पश्चात नेपालका अरु बैंकलाई पनि मर्जमा जाने प्रेसर वृद्धि भएको छ।  ठुलो बैंकको रुपमा दावी गर्दै आएको अन्य केही बैंकलाई यो मर्जरको  कारणले  थप प्रेसर बढेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS