IME Life New

मर्जरको प्रस्ताव सहित प्रभु लाइफको विशेष साधारणसभा आज, यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज हुदैछ । कम्पनीको असरा ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा गर्ने मिति तय गरेको हो । सभा अम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा ११ः४५ बजे गर्ने छ ।

सभाले नियामक निकाय बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तत् व्यवस्थामा संशोधन गर्नेछ ।

Esewa
Crest

सभाले संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्ती अनुमोदन गर्नेछ, पूँजी बृद्धिको आवश्यक्तालाई ध्यानमा राखी भविष्यमा अन्य कुनै कम्पनीसँग एक आपसमा मर्जरमा जाने वा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङकन गर्न मुल्यांङकनकर्ता वा लेखापरीक्षकहरुको नियुक्ती गर्ने, नीजहरुको पारीश्रमिक तोक्ने, अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी अन्ष् आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गर्ने निर्देशन आएमा सोही अनुरुप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS