IME Life New

मन्दीसँगै कर्णालीकाे गार्हस्थ उत्पादन वृद्धि दर सुस्तायाे,२ प्रतिशतभन्दा तल रहने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । सडक तथा विद्युतीय पूर्वाधारमा पहुँचकाे दृष्टीकाेणले दुर्गम मानिने कर्णाली प्रदेशकाे गार्हस्थ उत्पादनकाे वृद्धिदर चालू आर्थिक वर्षमा २ प्रतिशतभन्दा तल सीमित रहने भएकाे छ।

नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे कर्णाली प्रदेशकाे अर्द्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार चालू आवमा कर्णालीकाे कूल गार्हस्थ वृद्धिदर १‍.९१ प्रतिशत मात्र रहने अनुमान गरिएकाे छ। चालू आवमा  नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा १.८६ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। गत आवमा २०७८।७९ मा कर्णालीकाे कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो ।

Esewa
Crest

प्रदेशकाे कुल गार्हस्थ उत्पादन वृद्धिदरमा स‌ंकुचन आएपनि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशकाे याेगदान गत आव समान अर्थात् ४.१ प्रतिशत रहने अनुमान गरिएकाे छ। पछिल्लो समय यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनमा सुधार आई सेवा क्षेत्रको बिस्तार र कृषि तथा उद्योग क्षेत्रमा सुधार आएकोले कर्णाली प्रदेशको समग्र आर्थिक स्थितिमा सुधार हुने अनुमान रहेको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।७९ को कुल गार्हस्थ्य उत्पादन रु.४९ खर्ब ३३ अर्ब ६९ करोडमध्ये कर्णाली प्रदेशले ।४.१ प्रतिशत हिस्सा ओगटेको थियो । चालू  आर्थिक वर्ष २०७९।८० मा कुल गार्हस्थ उत्पादन रु.५३ खर्ब ८१ अर्ब ३३ करोड हुने अनुमान गरिएको छ । कूल गार्हस्थ उत्पादनमा सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब रु.२ खर्ब २१ अर्ब हुने अनुमान रहेको छ ।

प्रतिवेदन अनुसार चालू आवकाे अर्द्ध वार्षिक अवधिमा गत आवकाे समान अवधिकाे तुलनामा कर्णाली प्रदेशमा दूग्ध उत्पादन सर्वाधिक २६‍.८६ प्रतिशतले वृद्धि भएकाे छ। माछा, मासु र अण्डा उत्पादन क्रमशः ९.५९ प्रतिशत, १७.३२ प्रतिशत र १०.०६ प्रतिशतले बढेको छ ।

कृषि उत्पादनले बै‌ंक कर्जा पनि बढ्याे

२०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आवकाे सोही अवधिको तुलनामा २४.२२ प्रतिशतले वृद्धि भएकाे छ। पुस मसान्तसम्ममा चालू आवमा बै‌ंक वित्तीय संस्थाले ५ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ कर्जा लगानी गरेका छन् ।  । कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, बजारको बिस्तार, पूर्वाधारको पहुँच, सिञ्चित कृषि भूमिमा भएको बिस्तार तथा वित्तिय पहुँच अभिवृद्धिका कारणले स्थानीयको कृषिमा संलग्नता बढेसँगै कृषि कर्जाको माग बढेको प्रतिवेदनकाे ठम्याई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS