IME Life New

मन्दीको चपेटामा बेलायत र जापान, त्रासमा थप १८ देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । के विश्व फेरि एकपटक विश्वव्यापी मन्दीको खतरामा छ ? हालै जापान र बेलायतजस्ता ठूला अर्थतन्त्र मन्दीमा फसेकाले यो प्रश्न उठ्न थालेको छ। जीडीपीमा आएको गिरावटका कारण जापानले ठूलो नोक्सानी व्यहोरेको छ र विश्वको तेस्रो ठूलो अर्थतन्त्रको उपाधिसमेत गुमाएको छ। तर, बेलायत–जापान ठूला अर्थतन्त्र भएका कारण चर्चामा छन् भने विश्वका अन्य १८ देशमा मन्दीको जोखिम बढेको छ।

प्राविधिक मन्दीको डर संसारका धेरै भागमा बढिरहेको छ। इन्डिया टुडेमा प्रकाशित एक रिपोर्टअनुसार जापान र बेलायतले सेप्टेम्बर–डिसेम्बर २०२३ को क्वाटरमा प्राविधिक मन्दीमा प्रवेश गरे। किनकि दुवै देशको जीडीपी लगातार दुई त्रैमासिकमा गिरावट जारी रह्यो। यी दुवै देश ठूला अर्थतन्त्र भएकाले मन्दी हेडलाइनमा छ तर विश्वका धेरै ठाउँ छन्, जो मन्दीको चपेटामा परेका छन्। यीमध्ये दुई देश जापान र बेलायतजस्ता मन्दीमा फसेका छन्।

Esewa
Crest

मन्दीमा रहेका बेलायत र जापानसँगै आयरल्यान्ड र फिनल्यान्ड पनि चौथो त्रैमासिकमा मन्दीमा परेका छन्। जापानको अर्थतन्त्र (जीडीपी) सेप्टेम्बरको त्रैमासिकमा ३.३ प्रतिशतले घटेको थियो भने डिसेम्बरको त्रैमासिकमा यो गिरावटको दर ०.४ प्रतिशत थियो।

त्यस्तै बेलायतको जीडीपी सेप्टेम्बर त्रैमासिकमा ०.१ प्रतिशतले र डिसेम्बरको त्रैमासिकमा ०.३ प्रतिशतले संकुचित भएको छ। आयरल्यान्डले त्रैमासिकमा ०.७ प्रतिशत र चौथो त्रैमासिकमा १.९ प्रतिशतको जीडीपी मा त्रैमासिक रुपमा गिरावट दर्ता गरेको छ। अर्कोतर्फ फिनल्याण्डको जीडीपी सोही अवधिमा क्रमशः ०.४ प्रतिशत र ०.९ प्रतिशतले घटेको छ।

लगातार दुई त्रैमासिक जीडीपीमा गिरावट आएपछि मन्दीमा गएका चार देशको अवस्था यही हो। तर विश्वका धेरै देशले चौथो त्रैमासिकको नतिजा भने सार्वजनिक गरेका छैनन्, त्यसैले जापान–बेलायत र आयरल्यान्ड–फिनल्याण्डमात्रै मन्दीमा छन् भन्न हतार हुनेछ।

वास्तवमा जुलाई–सेप्टेम्बर त्रैमासिक अर्थात तेस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्रको नतिजा सार्वजनिक गर्ने देशको सूचीमा १० वटा देश थिए, जसको जीडीपीमा गिरावट आएको थियो र यी देशमा मन्दीको त्रास बढ्न थालेको छ। ती देशहरुमा डेनमार्क, लक्जमबर्ग, मोल्डोभा, इस्टोनिया, इक्वेडर, बहराइन, आइसल्यान्ड, दक्षिण अफ्रिका, क्यानाडा र न्युजिल्यान्ड छन्।

ती देशहरुबाहेक चौथो त्रैमासिकको जीडीपी नतिजा सार्वजनिक गर्ने देशहरुमध्ये ६ देशले डिसेम्बर त्रैमासिकमा पहिलोपटक जीडीपी घटेको जानकारी दिएका छन्। ती देशमा मलेसिया, थाइल्यान्ड, रोमानिया, लिथुआनिया, जर्मनी र कोलम्बिया छन्। यसमा समावेश ठूलो अर्थतन्त्र जर्मनीको जीडीपी ०.३ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS