IME Life New

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ७३ गुणा बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अन्तिम दिन मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । आज आइतबार बेलुका साढे ५ बजेसम्ममा २० लाख ३६ हजार २ सय ४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।

संस्थाले एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

उक्त आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS