IME Life New

मंगल ग्रहमा सहर बसाउने तयारी, १० लाख मानिस पठाउने एलन मस्कको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले मंगल ग्रहमा पहिलो अनक्रुड स्टारसिप मिसन दुई वर्षमा सुरु हुने जानकारी गराएका छन्। स्टारसिप संसारको सबैभन्दा शक्तिशाली रकेट हो। यो मानिसलाई चन्द्रमा र त्यसपछि मंगल ग्रहमा पठाउन प्रयोग गरिनेछ।

सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा मंगलबार एउटा पोस्टमा टेक अर्बपति मस्कले लेखेका छन्, ‘मंगल ग्रहमा पहिलो स्टारसिप दुई वर्षमा प्रक्षेपण हुनेछ। यसलाई मंगल ग्रहमा अवतरणको विश्वसनीयता परीक्षण गर्न समावेश गरिनेछ। यदि अवतरण राम्रोसँग भयो भने मंगल ग्रहमा पहिलो चालक दलको उडान ४ वर्षमा हुनेछ।’

Esewa
Crest

मस्कले थप लेखेका छन्, ‘आफ्नै आवश्यकता पूरा गर्न सक्ने गरी करिब २० वर्षमा सहर बनाउने लक्ष्य छ। आगामी वर्षमा कुनै न कुनै ग्रहमा मानव जीवन सुरु गर्ने तयारी हुनेछ।’

मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले पहिलो पूर्ण रुपमा पुनः प्रयोज्य रकेट निर्माण गरेको छ। यसले अन्तरिक्ष मिसनहरुमा हुने खर्चलाई उल्लेखनीय रुपमा कम गर्नेछ। मस्कले भने, ‘मंगल ग्रहमा चुनौतीपूर्ण वातावरण छ। मानिसका लागि परिस्थिति उचित छैन। यति हुँदाहुँदै पनि आगामी वर्षमा हामी यो गर्न सक्षम हुनेछौँ, यसका लागि हामीले विद्यमान प्रविधिलाई १० हजार गुणाले सुधार गर्नुपर्नेछ।’

स्पेसएक्सले भर्खरै हेभी बुस्टरका साथ आफ्नो ४०० फिट अग्लो स्टारसिपको तेस्रो परीक्षण उडान सुरु गरेको छ। स्टारसिपमा सुपर हेभी भनिने ठूलो बुस्टर छ। यसको माथिल्लो भागमा एउटा अन्तरिक्ष यान पनि छ। जसलाई स्टारसिप भनिन्छ।

मस्कले कम्तीमा १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने योजना बनाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS