IME Life New

भेटियो विश्वकै सबैभन्दा गहिरो खाडल, भित्र गुफै–गुफा र सुरुङको सञ्जाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैज्ञानिकहरुले विश्वकै सबैभन्दा गहिरो खाडल फेला पारेका छन्। यो मेक्सिकोको युकाटन प्रायद्वीपको चेतुमल खाडीमा छ। यसको नाम ‘ताम जा ब्लु होल’ हो।

अहिलेसम्म वैज्ञानिकहरुले यसको गहिराइ नाप्न नसकेको भए पनि प्रारम्भिक हिसाबले करिब १३८० फिट गहिराइ रहेको छ। त्यो पनि समुद्रको सतहमुनि। वैज्ञानिकहरु अहिलेसम्म यसको तलसम्म पुग्न सकेका छैनन्।

Esewa
Crest

यसअघि सबैभन्दा गहिरो खाडलको रेकर्ड साउथ चाइना सीमा रहेको ड्रयागन होलको नाममा थियो। यो ९९० फिट गहिरो थियो। तर तमजा ब्लु होल चीनको खाडलभन्दा ३९० फिट गहिरो छ।

गत वर्ष डिसेम्बर ६ मा स्कुबा डाइभर्सले यो खाडल फेला पारेका थिए। जसका बारेमा यस वर्षको अप्रिल २९ मा फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रतिवेदन प्रकाशित भएको छ।

वैज्ञानिकहरुले यसको गहिराइ मापन गर्न कन्डक्टिभिटी, टेम्प्रेचर र डेप्थ प्रोफाइलर (सीटीडी) प्रविधि प्रयोग गरेका थिए। यसले समुद्र मुनिको सतहको वास्तविक समय डाटा प्रदान गर्दछ। जसले यो विश्वकै सबैभन्दा गहिरो ब्लु होल हो भनेर देखाउँछ। कुनै गोताखोर वा पनडुब्बी अहिलेसम्म यसको फेदमा पुग्न सकेको छैन।

सीटीडी प्रोफाइलरले १३१२ फिटको गहिराइमा रहेको यस खाडलबाट धेरै गुफै–गुफा र सुरुङ भेटिएको पनि खुलासा गरेको छ। जो अन्तरसम्बन्धित छन्। यहाँको तापक्रम र लवणता क्यारिबियन सागरको जस्तै छ। ब्ल् होलको अर्थ सिंकहोल हो। तर, यो पानी भित्र छ। यो जमिनभित्रको ठाडा खाडलहरु छन्। जुनपछि तलको सुरुङको सञ्जालमा जडान हुन्छ वा कहिलेकाहीँ नजोडिन पनि सक्छन्।

चुनढुंगा, संगमरमर र जिप्सम सामान्यतया तिनीहरुको फेदमा पाइन्छ। यस्तै एउटा प्रसिद्ध ब्लु होल बहामासको डिनको ब्लु होल हो। इजिप्टको दाहाब ब्लु होल वा बेलिजको ग्रेट ब्लु होल।

वैज्ञानिकहरुले यो खाडलको वास्तविक गहिराइ पत्ता लगाउन अझै केही समय लाग्न सक्ने बताएका छन्। ‘किनकि हाम्रा उपकरण त्यति गहिराइमा जान सक्दैनन्’, उनीहरुले भनेका छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS