IME Life New

भारतीय सेयर बजारमा उछाल, नयाँ उचाइमा सेन्सेक्स र निफ्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय सेयर बजार आज सोमबार नयाँ रेकर्ड स्तरमा पुगेको छ।

सुरुआती कारोबारमा आज सेन्सेक्सले ६८५८७.८२ को विन्दुमा पुगेको हो। जुन हालसम्मकै उच्च हो। निफ्टी बढेर अहिलेसम्मकै उच्च विन्दु २०६०२.५० को विन्दुमा उक्लिएको छ।

Esewa
Crest

यसअघि सेन्सेक्सको अल टाइम हाई ६७९२७ थियो । जुन भारतीय सेयर बजारमा गत सेप्टेम्बर १५ मा बनाएको थियो।

निफ्टीको अल टाइम हाई भने २०२७२.७५ रहेको थियो। निफ्टीले गत डिसेम्बर १ मा यो उचाइ बनाएको थियो। जुन आज ब्रेक भएको छ। आज सेन्सेक्स लगभग १००० अंक र निफ्टी ३०० अंकले बढेर कारोबार भइरहेको छ।

भारतीय सेयर बजारमा उछाल आउने यी हुन् ३ कारण

  • भाजपाले ५ मध्ये ३ राज्य विधानसभा चुनावमा बहुमत प्राप्त गरेको छ।
  • दोस्रो त्रैमासमा भारतको जीडीपी ७.६ प्रतिशत पुगेको छ। जुन रिजर्भ बैंक अफ इन्डियाको अनुमान ६.५ प्रतिशतभन्दा १.१ प्रतिशतले बढी हो।
  • अमेरिकी बजार गत शुक्रबार बढोत्तरीका साथ बन्द भएको थियो। एसियाली बजार पनि उछाल आइरहेको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS