IME Life New

भारतीय शेयर बजार नयाँ उचाइमा, एसियाली बजारमा पनि चमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारले मंगलबार नयाँ उचाइ चुमेको छ।

आज सेन्सेक्स ७१२ अंकले बढेर ७८०६३ को विन्दुमा बन्द भएको छ। यो सेन्सेक्सको अल टाइम हाई हो। इन्ट्राडे कारोबारमा सेन्सेक्स ७८१६४ को विन्दुसम्म उक्लिएको छ।

Esewa
Crest

यसैगरी निफ्टी पनि १८३ अंकले बढेर २३७२१ को विन्दुमा बन्द भएको छ। कारोबारका क्रममा आज निफ्टी २३७५४ को विन्दुसम्म पुगेको थियो।

भारतीय शेयर बजारमा आज बैंकिङ र फाइनेन्सियल कम्पनीको शेयरभाउमा उछाल आएको छ।

एसियाली बजारमा आज तीव्रता देखिएको छ। जापानको निक्केई ०.९५ प्रतिशतले बढेको छ भने साउथ कोरियाको कोस्पी ०.३५ प्रतिशतले बढेको छ। हङकङको शेयर बजार ०.२५ प्रतिशतले उकालो लागेको छ।

अमेरिकी शेयर बजार भने सोमबार ओरालो लागेको छ। एस एन्ड पी ५०० मा १६.७५ अंक र नस्डकमा १९२.५४ अंकको गिरावट आएको छ। डाओ जोन्समा २६०.८८ अंकको बढोत्तरी देखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS