IME Life New

भारतीय शेयर बजार नयाँ उचाइमा, अन्य एसियाली बजारको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार आज फेरि नयाँ उचाइमा पुगेको छ। सेन्सेक्ट र निफ्टी दुवैले अलटाइम हाई बनाएका हुन्।

सेन्सेक्स आज ८२२८५ को विन्दुमा बन्द भएको छ। कारोबारसत्रमा सेन्सेक्स ८२६३७ को विन्दुसम्म पुगेको छ। यसअघि सेन्सेक्स बिहीबार ८२१३४ को विन्दुमा बन्द भएको थियो।

Esewa
Crest

यसैगरी निफ्टी पनि आज २५२३५ को विन्दुमा बन्द भएको छ। यसअघि बिहीबार निफ्टी २५१५१ को विन्दुमा बन्द भएको थियो। आज कारोबारसत्रमा निफ्टी २५२५७ को विन्दुसम्म पुगेको थियो।

आज अन्य एसियाली बजारमा हरियाली छाएको छ। जापानको निक्केई ०.७४ प्रतिशत र हङकङको ह्याङसाङ १.१४ प्रतिशतले उकालो लागेको छ। चीनको सांघाई कम्पोजिट पनि ०.६८ प्रतिशत र कोरियाको कोस्पी ०.४५ प्रतिशतले बढेको छ।

अमेरिकाको शेयर बजारमा डाओ जोन्स ०.५९ प्रतिशतले बढेर ४१३३५ को स्तरमा बन्द भएको छ। नास्डक भने ०.२३ प्रतिशत घटेर १७५१६ मा बन्द भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS