IME Life New

भारतीय शेयर बजार अल टाइम हाईमा, यस्ता छन् उछाल आउनुका ४ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयरले बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ। सेन्सेक्स र निफ्टी दुवै अल टाइम हाईमा पुगेका हुन्।

सेन्सेक्स आज ११९६ अंकले बढेर ७५४१८ को नयाँ उचाइमा पुगेको छ। यसअघि गत ९ अप्रिलमा सेन्सेक्स ७५१२४ को उचाइमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

Esewa
Crest

यसैगरी निफ्टी पनि ३५४ अंकले बढेर २२९५२ को विन्दुमा बन्द भएको छ। यसअघि निफ्टी २२७९४ को विन्दुसम्म पुगेको थियो। जुन यसअघिको अल टाइम हाई थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले इकोनोमिक टाइम्सलाई दिएको अन्तर्वार्तामा जुन ४ मा भाजपाले रेकर्ड संख्यामा पुग्ने विश्वास व्यक्ति गरेसँगै शेयर बजार पनि नयाँ कीर्तिमान उचाइमा पुगेको हो। यो भनाइको सकारात्मक प्रभाव बजारमा देखिएको छ।

यसैगरी विदेशी संस्थागत लगानीकर्ता (एफआईआई) बिक्रेता रहे पनि स्वदेशी संस्थागत लगानीकर्ता (डीआईआई)ले खरिद गरिरहेका छन्। नेसनल स्टक एक्सचेन्ज (एनएसई)मा उपलब्ध अन्तरिम डाटा अनुसार २२ मे २०२४ मा एफआईआईले भारु ६८६.०४ करोडको शेयर बेचेका थिए भने डीआईआईले भारु ९६१.९१ करोडको शेयर किनेका थिए।

आज एलटी, आईसीआईसीआई बैंक, एक्सिस बैंक, एचडीएफसी बैंक, रिलायन्सको शेयरभाउ बढेपछि सेन्सेक्स बढेको हो। एलटी र एक्सिस बैंकको शेयर करिब ३ प्रतिशतले बढेर बन्द भएको छ। जहाँ आईसीआईसीआई बैंक, एचडीएफसी बैंक र रिलायन्सको शेयर करिब २ प्रतिशतले बढेको छ।

भारतीय रिजर्भ बैंक (आरबीआई)को बोर्ड बैठकले वित्त वर्ष २०२४ का लागि सरकारलाई भारु २.१० लाख करोडको रेकर्ड सरप्लस ट्रान्सफरलाई अनुमोदन गरेको छ। वर्ष वर्ष २०२२।२३ मा आरबीआईले सरकारलाई भारु साढे ८७ हजार करोडको सरप्लस ट्रान्सफर गरेको थियो। अर्थात् यो गत वर्षको तुलनामा १.२३ लाख करोड रुपैयाँ बढी हो।
यिनै कारणले भारतीय शेयरमा उछाल आएको बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS