IME Life New

भारतीय शेयर बजारमा हुँदैछ ठूलो बदलाव, तत्कालै भुक्तानीको व्यवस्था ल्याउँदै सेबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा ठूलो बदलाव हुने भएको छ। सेयर कारोबार गर्ने लगानीकर्ताका लागि यो परिवर्तन निकै फाइदाजनक हुनेछ। अब भारतीय शेयर बजारमा खरिदबिक्रीको भुक्तानी तत्कालै गरिने व्यवस्था ल्याउन लागिएको छ। यो व्यवस्था सन् २०२५ बाट लागू गरिनेछ। त्यसअघि भने सन् २०२४मा शेयर खरिदबिक्रीको भुक्तानी कारोबार दिनमै हुने व्यवस्था ल्याउन लागिएको छ।

अर्को शब्दमा भन्दा भारतमा शेयर कारोबारका लागि T+0 प्रणाली लागू गरिनेछ। यो परिवर्तन मार्च २०२४ देखि लागू हुन सक्छ।

Esewa
Crest

भारतीय शेयर बजार नियामक निकाय सेबी शेयर खरिदबिक्रीको दिनमा भुक्तानी योजना लागू गर्न लागेको जनाएको छ। यतिमात्र होइन सन् २०२५ मा तत्काल भुक्तानी प्रणाली लागू गर्ने तयारी भइरहेको पनि सेबीले जनाएको छ।

सेबीकी अध्यक्ष माधवी पुरी बुचले शेयर कारोबारसम्बन्धी यो नियममा परिवर्तन गर्नुपर्ने लामो समयदेखि माग रहेको बताइन्। यी मागका कारण सेबीले यसबारे धेरै गहिरो छलफल गरेको र अब सन् २०२४ मार्चको अन्त्यसम्ममा T+0 प्रणाली लागू हुनेछ र अर्को वर्ष २०२५ सम्ममा तत्काल भुक्तानी प्रणाली लागू गरिने उनले जानकारी दिइन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS