IME Life New

भारतीय शेयर बजारमा ठूलो घोटाला प्रकरणको पर्दाफास, ५०० जनाको १७० करोड झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा ठूलो घोटाला भएको घटना सार्वजनिक भएको छ। भारतको मुम्बई अपराध शाखाको सम्पत्ति सेलले शेयर बजारबाट मनग्य नाफा कमाउने प्रलोभनमा ठगी गर्ने मध्यप्रदेशका आशीष साह नामका एक व्यक्तिलाई पक्राउ गरेर यो घटनाको पर्दाफास गरेको हो। आरोपितले लगानीका नाममा ५०० जनाको करिब भारु १७० करोड झ्वाम पारेका छन्।

प्रहरीका अनुसार मुम्बईको वर्सोवाका निवासी आशीषले लगानीकर्तालाई ८४ प्रतिशतसम्म प्रतिफल दिने वाचा गर्थे र आफू शेयर बजार नियामक सेबीको दर्ता एजेन्ट भएको दाबी गर्थे। उनी सोझासाझा मानिसको विश्वास जितेर ठगी गर्थे। जब आशीषबाट प्रतिबद्धताअनुसारको प्रतिफल पाएनन् तब ती मानिसले मे २०२४ मा वर्सोवा पुलिस स्टेसनमा आशीषविरुद्ध ठगी मुद्दामा उजुरी दर्ता गरे। त्यसपछि यो मुद्दा सीधै अपराध शाखालाई सुम्पिएको थियो।

Esewa
Crest

आशीषलाई पक्राउ गर्न मुम्बई क्राइम ब्रान्चले ३ टोली खटाएको थियो। जसले मध्यप्रदेशको छतरपुरबाट आशीषलाई पक्राउ गरेको थियो।

प्रहरीले अनुसन्धान थालेपछि अभियुक्त आशीषले कोभिडको समयमा २०२२ देखि २०२४ मेसम्म लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न भन्दै समर्याश ट्रेडर्स एलएलपी नामको कम्पनी खोलेको खुलेको छ। तर, त्यस्तो कम्पनी कहीँ थिएन।

सुरुमा प्रतिफल÷नाफाको नाममा राम्रो पैसा दिइयो तर केही दिनपछि पैसा आउन छाडेपछि मानिसहरुले आशीषको ठगीधन्दामा आशंका गर्न थाले।

आशीषलाई पक्राउ गरेपछि प्रहरीले चल–अचल सम्पत्तिको पहिचान गरेको छ। जसमा आरोपीको नाममा २ फ्ल्याट, २ जग्गा पार्सल, गुजरातमा ४ वटा गाडी र ६ वटा बैंक खाता, २५ लाख नगद र करिब २ किलो सुनको बार बरामद गरिएको छ। प्रहरीले विश्वासघात, ठगी र एमआईडीपी (महाराष्ट्र प्रोटेक्सन अफ इन्टरेस्ट अफ डिपोजिटर्स) लगायतका खण्ड लगाएको छ।

लगानी ठगीका बढ्दो संख्यालाई देखेर सरकार, बजार नियामक संस्था सेबी, आरबीआई र एक्सचेन्जले बजारमा लगानी गर्नुअघि सबै जानकारी आफैँ बुझेर र सोचेरमात्र लगानी गर्न जनचेतना जगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS