IME Life New

भारतीय शेयर बजारमा करोडौँको धोकाधडी, दुई पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको असम प्रहरीले अभिनेत्री सुमी बोरा र उनका पति तार्किक बोरालाई शेयर बजारमा करोडौं रकमको कारोबारमा धोकाधडी गरेको आरोपमा पक्राउ गरेको छ।

सुमी असमकी एक प्रसिद्ध अभिनेत्री, कोरियोग्राफर र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। उनका पति पेसेवर फोटोग्राफर हुन्। दि असम ट्रिब्युनले केही मिडिया रिपोर्टलाई उद्धृत गर्दै बोरा दम्पती प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। असमका डीजीपी जीपी सिंहले एसटीएफलाई यस सफलताका लागि बधाइ दिएका छन्।

Esewa
Crest

समाचार एजेन्सी एएनआईका अनुसार भारु २ हजार करोडको शेयर कारोबार घोटालाको आरोप लागेपछि दुवैजना १० दिनसम्म फरार रहेका थिए। डिब्रुगढका एसपी भीभी राकेश रेड्डीले भने, ‘एसटीएफ टोलीले सुमी र लखिकलाई हिरासतमा लिएको छ र उनीहरुलाई डिब्रुगढ पुलिसलाई सुम्पेको छ।’

रेड्डीका अनुसार उनीहरुसँग सोधपुछ गरेर कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यस घोटालाबाट हजारौं लगानीकर्ता प्रभावित भएको मिडिया रिपोर्टमा उल्लेख छ। यस घटनामा संलग्न धेरै व्यक्ति अझै हिरासत बाहिर छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS