IME Life New

भारतीय शेयर नयाँ कीर्तिमानी उचाइमा पुग्दा अन्य एसियाली बजारको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार आज फेरि नयाँ कीर्तिमानी उचाइमा पुगेको छ।

आज सेन्सेक्स बढेर ८२ हजार ९६२ को विन्दुमा र निफ्टी २५ हजार ३८८ को विन्दुमा बन्द भएको छ। यो भारतीय शेयर बजारले चुमेको हालसम्मकै उच्च विन्दु हो। आज सेन्सेक्स १ हजार ४३९ अंक र निफ्टी ४७० अंकले बढेको छ।

Esewa
Crest

यसअघि गत सेप्टेम्बर २ मा सेन्सेक्स ८२ हजार ५५८ को विन्दुमा र निफ्टी २५ हजार २७८ को विन्दुमा बन्द भएको थियो। जुन हालसम्मकै उच्च थियो।

उता एसियाली बजारमा जापानको निक्केई ३.४१ प्रतिशत र कोरियाको कोस्पी २.३४ प्रतिशतले बढेको छ। हङकङको ह्याङस्याङ ०.७७ प्रतिशतले बढ्दा चीनको सांघाई कम्पोजिटमा भने ०.१७ प्रतिशतको गिरावट आएको छ।

अमेरिकी बजारको डाउ जोन्स बुधबार ०.३१ प्रतिशतले बढेर ४० हजार ८६१ को विन्दुमा बन्द भएको छ। नास्डक पनि २.१७ प्रतिशत र एस एन्ड पी ५०० १.०७ प्रतिशत बढेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS