IME Life New

भारतीय शेयर बजारमा भीषण पहिरो, एकैदिन लगानीकर्ताको २९ लाख करोड स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चुनावी नतिजाले भारतीय शेयर बजारमा आज भीषण पहिरो गएको छ। बीजेपीको पक्षमा अपेक्षित नआउँदा सेन्सेक्स र निफ्टीमा भारी अंकको गिरावट आएको हो।

आज सेन्सेक्स ५.७ प्रतिशतले घटेर ७२०७९ को विन्दुमा बन्द भएको छ भने निफ्टी ६ प्रतिशतले घटेर २१८८४ को विन्दुमा झरेको छ। जसअनुसार सेन्सेक्ट ४३०० अंक र निफ्टी १३७९ अंकले ओरालो लागेका छन्।

Esewa
Crest

भारतीय शेयर बजारको यो गिरावट पछिल्लो ४ वर्षयताकै उच्च हो। सनु २०२० मेमा भारतीय शेयर बजारले ठूलो गिरावटको सामना गरेको थियो। त्यतिबेला मे ४ सेन्सेक्स २००२ अंकले घटेर ३१७१५ मा बन्द भएको थियो।

आज भारतीय शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताले एकैदिन भारु २९ लाख करोड गुमाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS