IME Life New

भारतीय विद्यार्थीहरुको भर्ना आवेदन रद्द नगरिएको अस्ट्रेलियाका युनिभर्सिटीहरुको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हरेक वर्ष करिब १ लाख भारतीय विद्यार्थी उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जान्छन्। सरकारी तथ्यांकअनुसार सन् २०२२ सम्म अस्ट्रेलियामा १ लाख ९ जना भारतीय विद्यार्थी थिए। सन् २०१९ मा ७३ हजार ८०८ भारतीय विद्यार्थी विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए। यो संख्या घटेर सन् २०२० मा ३३ हजार ६२९ र २०२१ मा ८ हजार ९५० मा झरेको थियो।

वर्षौंदेखि भारतीय विद्यार्थीका लागि विदेशमा अध्ययन गर्न अस्ट्रेलिया उत्कृष्ट गन्तव्य बन्दै आएको छ। तर, हालैका भिसा नीतिहरुमा परिवर्तन र निरुत्साहित पार्ने खाले समाचारहरु आउन थालेपछि भारतीय विद्यार्थीहरु निराश बनेका छन्।

Esewa
Crest

स्थानीय सञ्चार माध्यमहरुका अनुसार केही युनिभर्सिटीहरुले विदेशी विद्यार्थी भर्ना प्रस्ताव फिर्ता लिएका कारण अस्ट्रेलियामा भिसा अस्वीकृति हुने संख्या बढेको छ। अस्ट्रेलियाका युनिभर्सिटी अफ वोलोङगोङ र ला ट्रोब युनिभर्सिटीमाथि दह्रो आवेदन पेस नगर्ने थुप्रै भारतीय विद्यार्थीको भर्ना प्रस्ताव अस्वीकृत गरेको आरोप लागेको छ। तर, यसमा दुवै युनिभर्सिटी असहमत छन्।

ला ट्रोब युनभर्सिटीका प्रवक्ताले भारतीय विद्यार्थीहरुको भर्ना आवेदन रद्द नगरिएको दाबी गरे। ‘वास्तविक विदेशी विद्यार्थीका विषयमा अस्ट्रेलिया सरकारले नै कडा निगरानी बढाएकोले यस्ता खबरहरु बाहिर आएका हुन सक्छन्’, ती प्रवक्ताले भने, ‘तर, हामीले ठूलो संख्यामा भारतीय विद्यार्थीको आवेदन रद्द गर्यौँ भन्ने कुरा नितान्त गलत हो।’

अस्ट्रेलियाको अर्को लोकप्रिय डेकिन युनिभर्सिटीले पनि भर्खरै भर्ना प्रक्रिया सुरु गरिएको जनाएको छ। डेकिनले सन् २०२३ मा लगभग ३ हजार भारतीय विद्यार्थीलाई भर्ना लिएको थियो। ‘अस्ट्रेलियामा अध्ययन गर्न चाहने भारतका विद्यार्थीका लागि लोकप्रिय गन्तव्यका रुपमा रहेको छ’, डेकिनका उपाध्यक्ष रवनित पवहाले भने, ‘हामी सन् २०२३ जत्तिकै संख्यामा भारतीय विद्यार्थी वा अलि बढी भर्ना लिने आशा गर्छौं। शैक्षिक वर्ष २०२४ का लागि आवेदन र भर्नाको प्रक्रिया अझै जारी छ।’

डेकिनले भारतीय विद्यार्थी भर्ना आवेदन रद्द नगरेको पनि पवहाले दाबी गरे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS