IME Life New

भारतीय रेलवे ल्यायाे अयाेध्या-जनकपुर धार्मिक रेल यात्रा प्याकेज, तर भारतीय सीमादेखि बसबाटै जनकपुर यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ‌ । भारतीय रेलवेले नेपालको प्रसिद्ध धार्मिक स्थलदेखि भारतको अयोध्यासम्म जोड्ने मार्गमा पर्यटकीय रेल सेवा संचालनमा ल्याउने भएको छ। ‘श्री राम जानकी यात्रा नाम दिइएको भारतको अयोध्यादेखि जनकपुर’ सम्मको यो धार्मिक पर्यटकीय रेल यात्रा फेब्रुअरी १७ (फागुन ५ गते ) देखि दिल्लीबाट सुरु हुने भारतीय रेलवेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पर्यटकीय रेल सेवाको संचालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । पर्यटकीय रेलले भारतको नन्दीग्राम, सीतामढी, काशी र प्रयागराजलाई पनि समेट्नेछ। जनकपुर र यूपिको वणारसको होटलमा दुई रात आवासीय सुविधा समेत समेटिएको छ । अयोध्या, सीतामढी र प्रयागराजको भ्रमण गन्तव्यमा दिनको समयमा पुरा हुनेछ।

Esewa
Crest

अत्याधुनिक डिलक्स वातानुकुलित पर्यटकीय रेलका विशेषतामा दुईवटा राम्रो डाइनिङ रेस्टुरेन्ट, एउटा आधुनिक किचन, कोचमा नुहाउने क्युबिकल, सेन्सरमा आधारित वाशरूम, र खुट्टा मसाज गर्ने सुविधा समेत समावेश छ।
प्रस्तावित सात दिने पर्यटक रेल यात्राको पहिलो पडाव अयोध्यामा रहेको छ । जहाँ भगवान रामको जन्मस्थल, श्री राम जन्मभूमि मन्दिर र हनुमान मन्दिर र साथै नन्दीग्रामको भरत मन्दिरको भ्रमण गर्ने भारतीय रेलवेले विज्ञप्तीमा उल्लेख गरेको छ।

अयोध्यापछि रेल बिहारको सीतामढी रेलवे स्टेसनमा रोकिनेछ र पर्यटकहरू सीतामढी रेलवे स्टेशनबाट बसमार्फत् ७० किलोमिटर टाढा नेपालको जनकपुर आइपुग्नेछन्।  प्रयोगकर्ताहरूले ३,६, ९, १२, १५ वा २४ महिनाको मासिक किस्ताबन्दीमा समेत यात्राको शुल्क भुक्तानीको विकल्प रोज्न सक्ने सुविधा भारतीय रेलवेले उपलब्ध गराएको छ। १८ वर्ष र त्यसभन्दा माथिको उमेर समूहका सबै यात्रीका लागी कोरोना महामारीविरुद्धकोअन्तिम खोप अनिवार्य भएको भारतीय रेलवेले जानकारी दिएको छ।

प्रतिव्यक्ति भारतीय रुपैयाँ ३९,७७५ (करिब ६४ हजार नेपाली रुपैयाँ) बाट सुरु हुने धार्मिक रेल यात्रा सात दिनको हुनेछ । यात्रीले रोज्ने विकल्पको आधारमा यात्राको शुल्क तय गरेर वातानुकुलीत कक्ष, वातानुकुलित होटलमा शयन, शाकाहारी भोजन, सबै स्थानान्तरण र दृश्यावलोकन शुल्कहरु समावेश गरिएको छ। यसबाहेक बस र रेल यात्राको बीमा जाेखिम र पथ प्रदर्शकको सेवा समेत समावेश गरिएको छ। यात्रा बीमा अन्तर्गत दुर्घटना बीमाका साथै स्वास्थ्य उपचार बीमा सेवा समेत समावेश गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS