IME Life New

भारतीय बैंकिङ सेक्टरमा ठूलो साइबर हमला, ३०० पेमेन्ट सिस्टम बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ। भारतका ठूला पेमेन्ट नेटवर्कबाट करिब ३०० साना बैंक अलग गरिएको छ। यसरी अलग गरिनुको मुख्य उद्देश्य साइबर हमलापछि कुनै पनि ठूलो खतरालाई रोक्न रहेको छ।

ती बैंकहरुलाई प्रविधि सेवा प्रदान गर्ने कम्पनीमा यो साइबर हमला भएको हो। जसका कारण ती बैंकहरुको पेमेन्ट सिस्टम अस्थायी रुपमा बन्द गरिएको छ।

Esewa
Crest

रोयटर्सका अनुसार यो साइबर हमला ‘सी–एज टेक्नोलोजी’ नामक कम्पनीमा भएको हो। कम्पनीले भारतभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउँछ। रोयटर्सले ई–मेलमार्फत सी–एज टेक्नोलोजीबाट प्रतिक्रिया लिन खोजेको थियो तर कम्पनीले जबाफ दिएन। भारतीय रिजर्भ बैंक (आरबीआई) ले पनि रोयटर्सको ई–मेलको जबाफ दिएन।

नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) भुक्तानी प्रणालीको निरीक्षण गर्ने निकाय हो। एनपीसीआईे बुधबार राति एक सार्वजनिक सूचना जारी गर्दै एनपीसीआईद्वारा सञ्चालित रिटेल पेमेन्ट सिस्टममा पहुँच गर्नबाट सी–एज टेक्नोलोजीलाई अस्थायी रुपमा हटाएको जनाएको छ। ‘सी–एजले सेवा प्रदान गर्ने बैंकका ग्राहकहरुले यस आइसोलेसन अवधिमा पेमेन्ट सिस्टमहरु प्रयोग गर्न सक्ने छैनन्’, एनपीसीआईले भन्यो।

लगभग ३०० साना बैंकलाई भारतको व्यापाक भुक्तानी नेटवर्कबाट हटाइएको छ। साइबर आक्रमणको प्रभाव थप नफैलियोस् भनेर यो कदम चालिएको एक अधिकारीले बताए। ‘यीमध्ये धेरैजसो साना बैंक छन् र भारतको भुक्तानी प्रणाली भोल्युमको करिब ०.५ प्रतिशत मात्र प्रभावित हुनेछन्’, ती अधिकारीले भने।

भारतमा लगभग १ हजार ५०० सहकारी र क्षेत्रीय बैंक छन्। जुन प्रायः ठूला सहरहरु बाहिर सञ्चालन हुन्छन्। आरबीआई र भारतीय साइबर अधिकारीहरुले भारतीय बैंकहरुलाई विगत केही हप्ताहरुमा सम्भावित साइबर हमलाबारेमा चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS