IME Life New

भारतीय बीमकमा शत प्रतिशत वैदेशिक लगानीको बाटो खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केन्द्र सरकारले बीमा क्षेत्रमा शत प्रतिशत वैदेशिक लगानीको बाटो खुल्ला गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा प्रस्तुत गर्नुभएको आफ्नो संघीय बजेट २०२५-२६ मा, बीमाशुल्कवापत आर्जित रकम भारतमै लगानी गर्ने बीमकका लागि शत प्रतिशत प्रत्यक्ष वैदेशिक लगानीको अनुमति दिइने जानकारी गराएकी हुन् ।

सन् २००० मा २६ प्रतिशतसम्मको प्रत्यक्ष वैदेशिक लगानीको सीमासहित बीमा क्षेत्रमा विदेशी लगानीकको लागि बाटो खुला गरिएको थियो। सन् २०१५ मा यो सीमा बढाएर ४९ प्रतिशत र पछिल्लो पटक २०२१ मा ७४ प्रतिशत गरिएको थियो।

Esewa
Crest

नरेन्द्र मोदीको नेतृत्वमा रहेको गठबन्धन सरकारको तर्फबाट १४ औं बजेट प्रस्तुत गर्दै, सीतारमणले भनिन्, “हामी ठूलो समृद्धिको लागि हाम्रो सम्भावनालाई उजागर गर्न सँगसँगै यात्रा शुरू गर्छौं।”

भारतीय बीमा बजार आर्थिक वर्ष २०२४ मा वार्षिक ७.७ प्रतिशतले बढेर ११ खर्ब २० अर्ब भारतीय रुपैयाँ पुगेको छ। बजारको आकार बढेपनि बीमा प्रवेश दर ४ प्रतिशतबाट ३.७ प्रतिशतले घटेको छ, जुन विश्वव्यापी औसत ७ प्रतिशत प्रवेशको तुलनामा कम हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS