IME Life New

भारतीय जीवन बीमकहरुमा थुप्रियो दाबी नपरेको २ खर्ब रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा कम्पनीहरुमा वर्ष २०२४ को अन्त्यसम्ममा भारु २ खर्ब बढी दाबी नगरिएको रकम थुप्रिएको छ।

भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) को विभिन्न पहलपछि अघिल्लो वर्ष २०२३ को तुलनामा वर्ष २०२४ मा दाबी नपरेको रकम केही घटेको छ। वर्ष २०२४ को सुरुमा यस्तो रकम भारु २ खर्ब २२ अर्ब ३७ करोड थियो। वर्ष २०२४ को अन्त्यसम्म यो रकम सामान्य घटेर भारु २ खर्ब ६२ करोडमा झरेको छ।

Esewa
Crest

आईआरडीएआईले वित्त वर्ष २०२४ को वार्षिक प्रतिवेदनमा भनेको छ, ‘दाबी नगरिएको रकम घटाउन, बीमितलाई फिर्ता गर्ने प्रक्रियालाई गति दिन र बीमा कम्पनीहरुसँग बढ्दो दाबी नगरिएको रकमलाई घटाउन जुन २०२३ देखि नोभेम्बर २०२३ को ६ महिनाको अवधि एउटा विशेष अभियान सुरु गरेको थियो। यस अवधिमा जीवन बीमा कम्पनीहरुमा परेको दाबी नगरिएको रकम भुक्तानीको प्रगति मासिक रुपमा अनुगमन भइरहेको थियो।’

यस अवधिमा जीवन बीमा कम्पनीहरुसँगको दाबी नगरिएको रकम आर्थिक वर्षको सुरुमा रहेको भारु २ अर्ब २२ अर्ब ३७ करोडबाट भारु १० अर्ब ८१ करोडले घटेको छ। नियामकले यस वर्षको फेब्रुअरीमा दाबी नगरिएको रकम पहिचान गरी वितरण गर्नका लागि दाबी नगरिएको रकमसम्बन्धी मास्टर सर्कुलरमा संशोधनको पहल गरेको थियो। यसका लागि दाबी नगरिएको रकमलगायतका केही नियमावलीमा परिमार्जनसमेत गरिएको थियो।

सर्कुलरमा बीमा कम्पनीहरुले विद्यमान दाबी नगरिएको रकम घटाउन के कदम चाल्नुपर्ने सुझाव पनि दिइएको थियो। यसबाहेक बीमा सूचना ब्युरो (आईआईबी)ले २ वर्षमा ८० हजार बिना दाबी मामिलामा वैकल्पिक सम्पर्क विवरण पनि उपलब्ध गराएको छ। जसमा भारु ९० अर्ब समावेश छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS