IME Life New

भारतीय जीवन बीमकको २२%ले बढ्यो नयाँ व्यापार, वृद्धिदरमा एलआईसी अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमकको अगस्टमा नयाँ व्यापार करिब २२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको अगस्टको तुलनामा भारतीय जीवन बीमकको नयाँ व्यापार २१.८ प्रतिशतले बढेर भारु ३ खर्ब २६ अर्ब ४० करोड कुल बीमाशुल्क आर्जन गरेका हुन्।

अगस्टमा सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा एलआईसी रहेको छ। अघिल्लो वर्षको तुलनामा यो कम्पनीको नयाँ व्यापार ३५.५ प्रतिशतले बढेको छ। नयाँ व्यापारमार्फत कम्पनीले भारु १ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

भारतका निजी क्षेत्रका जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार अगस्टमा ६.७ प्रतिशतले बढेको छ। यो महिना निजी जीवन बीमा कम्पनीहरुले भारु १ खर्ब ३३ अर्ब ३५ करोडबराबरको नयाँ व्यापार गरेका छन्।

एलआईसीको नयाँ व्यापार एकल बीमाशुल्कले बढाएको हो। सरकारी स्वामित्वको यो कम्पनीले बीमा बजारमा ८० प्रतिशत हिस्सा ओगटेको छ। अगस्टमा सामूहिक बीमाको व्यापार ४६ प्रतिशतले बढेर भारु १ खर्ब ३५ अर्ब ९९ करोड भित्र्याउन सफल भएको छ।

निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी एसबीआई लाइफको नयाँ व्यापार १३.४६ प्रतिशतले घटेको छ। यो कम्पनी अगस्टमा नयाँ व्यापारमार्फत भारु २७ अर्ब ३ करोड ९२ लाख भित्र्याएको छ।

त्यस्तै आईसीआईसीआईको नयाँ व्यापार १२.३ प्रतिशतले बढेको छ। कम्पनीले भारु १५ अर्ब ९ करोड १२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ।

अन्य ठूला कम्पनी एचडीएफसी लाइफ, बजाज एलियन्ज लाइफ र म्याक्स लाइफको नयाँ व्यापार पनि क्रमशः ३.६ प्रतिशत, २.८ प्रतिशत र १६.७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS