IME Life New

भारतीय जीवन बीमकको मृत्यु दाबी भुक्तानी अनुपात ९८ प्रतिशतभन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमा नियामकले जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी अनुपात सम्बन्धमा गत आर्थिक वर्ष २०२२-२३ को तिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनमा जीवन बीमा कम्पनीहरुको मृत्यु दाबी भुक्तानी अनुपात ९८.४५ प्रतिशत रहेको छ।

बीमा नियामक आइआरडिएआइका अनुसार दर्ता भएका कूल व्यक्तिगत मृत्यु दाबीको निवेदनमध्ये ९८ प्रतिशत निवेदनवापत जीवन बीमकले दाबी भुक्तानी दिएका छन् । यसैगरी सम्पूर्ण मृत्यु दाबी भुक्तानी अनुपात ९८.६४ प्रतिशत रहेको छ। यो तथ्यांकमा सामूहिक मृत्यु दाबी भुक्तानीको तथ्यांक पनि समावेश गरिएको छ।

Esewa
Crest

इकोनोमिक्स टाइम्सका अनुसार दाबी भुक्तानी गरिएको बीमालेख संख्याको आधारमा तुलना गर्दा म्याक्स लाइफ इन्स्योरेन्सको दाबी भुक्तानी अनुपात सर्वाधिक ९९.५१ प्रतिशत रहेको थियो । यसैगरी ९९‍.३९ प्रतिशत दाबी अनुपातको साथमा एचडिएफसी लाइफ इन्स्योरेन्स दोश्रो स्थानमा रह्यो ।एइगन लाइफ इन्स्योरेन्सले ९९.३७ प्रतिशत दाबी भुक्तानी गरेर तेश्रो स्थान सुरक्षित गरेको छ।

जीवन बीमा कम्पनीको दाबी भुक्तानी क्षमताको अवस्थाबारे अनुमान गर्नका लागि बीमितले बीमा गर्नु अघि नै सम्बन्धित जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकमको अनुपात र दाबी भुक्तानीको संख्यात्मक अनुपातबारे चासो राख्नुपर्छ।

कुनै अप्रत्याशित घटना भएको अवस्थामा परिवारजनमाथि आइपर्न सक्ने संकटको अवस्थामा आर्थिकरुपमा सुरक्षा प्रदान गर्नु नै जीवन बीमाको मुख्य उद्देश्य हुन्छ। यसैले तपाईले दुःख पसिना गरेर कमाएको पैसाबाट बीमाशुल्क भुक्तानी गरेको रकम बीमकले कसरी दाबी भुक्तानी प्रकृया पुरा गर्छ र कति भुक्तानी दिन्छ भन्ने चासो राख्नु जरुरी छ । दाबी भुक्तानी अनुपातले तपाईको बीमकले तपाईले भविष्यमा कुनै दाबी गरि हाल्नु भयो भने भुक्तानी पाउन सक्ने संभावना कतिको छ भन्ने अनुमान गर्ने आधार दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS