IME Life New

भारतले रोक्यो १५६ औषधिको बिक्रीवितरण र उत्पादन, कुन-कुन छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले १५६ वटा औषधि (फिक्स्ड डोज कम्बिनेस ड्रग्स)को बिक्रीवितरण र उत्पादन तत्काल रोक्न उत्पादक कम्पनीहरुलाई निर्देशन दिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले एउटा परिपत्र जारी ती औषधिको उत्पादन, भण्डार र बिक्री तुरुन्त रोक्न आदेश दिइएको हो। अघिल्लो वर्ष पनि भारतले १४ वटा औषधिको उत्पादन र बिक्रीमा रोक लगाएको थियो।

Esewa
Crest

ड्रग टेक्निकल एड्भाइजरी बोर्ड (डीटीएबी)को सिफारिसमा स्वास्थ्य मन्त्रालयले यो निर्णय लिएको हो। डीटीएबीले आफ्नो जाँचमा ती औषधिमा कैफियत भेटिएको थियो। यसले बिरामीलाई लाभ दिनुभन्दा हानि धेरै भएको डीटीएबीले निष्कर्ष निकालेको थियो।

भारतले रोक लगाएको औषधिहरुमा एन्टिबायोटिक, एन्टी एलर्जिक, दुःखाई, ज्वरो, हाइपरटेन्सन, मल्टी भिटामिनलगायत थुप्रै छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS