IME Life New

भारतले फर्यो बोली, भन्यो-‘प्याज निर्यातमा प्रतिबन्ध हटेको छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्याज निर्यातमा लगाइएको प्रतिबन्धका सम्बन्धमा भारत सरकारले बोली फेरेको छ। भारतले केही दिन अघिमात्रै प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएको थियो। तर, आज फेरि भारतले प्याज निर्यातमा प्रतिबन्ध कायमै रहेको जानकारी गराएको हो।

प्याज निर्यातमा प्रतिबन्ध आउँदा मार्च ३१ सम्मको घोषणा गरिएको समयसीमा कायम रहेको भारतले जनाएको छ। घरेलु बजारमा मूल्य नियन्त्रण र आन्तरिक उपलब्धता सुनिश्चित गर्न भारत सरकारले गत ८ डिसेम्बर आउँदो ३१ मार्चसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

Esewa
Crest

उपभोक्ता मामिला सचिव रोहितकुमार सिंहले प्याज निर्यातमा प्रतिबन्ध नहटाइएको बताए। ‘अहिलेको अवस्थामा कुनै परिवर्तन आएको छैन’, उनले भने, ‘घरेलु उपभोक्तालाई सहुलियतमा प्याज उपलब्ध गराउने सरकारको मुख्य प्राथमिकता रहेको छ।’

निर्यात प्रतिबन्ध हटेको खबरका बीच भारतको सबैभन्दा ठूलो प्याज बजार लासलगाउँमा प्याजको थोक मूल्य फेब्रुअरी १९ मा ४०.६२ प्रतिशतले बढेर प्रतिक्विन्टल भारु १ हजार ८०० पुगेको थियो। जब कि फेब्रुअरी १७ मा प्याज प्रतिक्विन्टल भारु १ हजार २८० थियो।

विशेषगरी महाराष्ट्रमा ‘कभरेज’ कम भएकाले प्याजको उत्पादन कम हुने अनुमान भएकाले मार्च ३१ पछि आमनिर्वाचनअघि नै प्रतिबन्ध फुकुवा नहुने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS