IME Life New

भारतमा १ अप्रिलदेखि अभिकर्ता कमिशनकाे माथिल्लाे सीमा खारेज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा नियामकले शनिबार १ अप्रिलदेखि बीमा अभिकर्ताहरुलाई दिइने कमिशनमा पूर्वनिर्धारित सीमा खारेज गर्दै कमिशन सम्बन्धी नयाँ नियम लागू गर्दैछ। आइआरडीएआइले भारतीय कम्पनीहरुले आफ्नाे व्यवस्थापन खर्चकाे सीमाभित्र रहेर अभिकर्तालाई कमिशन तथा अन्य सुविधा वितरण गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेकाे हाे ।

व्यवस्थापन खर्चमा नियन्त्रण गर्न सफल बीमा कम्पनीले नियामकले ताेकेकाे खर्चकाे सीमाभित्र रहेर अभिकर्तालाई कमिशन रकम उपलब्ध गराउन सक्ने गरी नियामकीय प्रावधानमा लचकता ल्याएकाे हाे । आइआरडीएआइले व्यवस्थापन खर्चकाे सीमा नाघ्ने बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशनमा नियन्त्रण गर्नुपर्ने र व्यवस्थापन खर्चकाे सीमाभन्दा तल रहेर खर्च गर्दै आएका बीमा कम्पनीले सीमाले दिए जति खर्च गर्न सक्नेछन्।

Esewa
Crest

बीमा कम्पनीहरुले नयाँ प्रावधानका कारण राम्राे व्यवसायीक प्रदर्शन गर्ने क्षमता भएका अभिकर्ताहरु थप प्राेत्साहित हुने प्रतिकृया दिएकाे टाइम्स अफ इण्डियाकाे अनलाइन स‌ंस्करणले उल्लेख गरेकाे छ । यसबाहेक बीमा कम्पनीहरूले नवप्रवर्तन निर्धारित कमिशनकाे सीमाभित्र रहेर अभिकर्तालाई रिझाउनुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । नयाँ बीमा याेजनाहरूलाई आफ्नाे ढ‌ंगले कमिशन निर्धारण गरेर व्यवसाय प्रवर्द्धन गर्न सक्ने सुविधा कमिशन सम्बन्धी नयाँ प्रावधानले उपलब्ध गराएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS