IME Life New

भारतमा हृदयाघात र प्राकृतिक मृत्युको सबैभन्दा बढी बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा हृदयाघात र प्राकृतिक मृत्युका मामिलामा सबैभन्दा बढी बीमा दाबी पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।

हालै सार्वजनिक टर्म इन्स्योरेन्स क्लेम ट्रेन्डको रिपोर्टमा यस्तो तथ्यांक सर्वाजनिक भएको हो। रिपोर्टअनुसार हृदयाघात र प्राकृतिक मृत्युमा सबैभन्दा बढी बीमा दाबी पर्ने गरेको छ। दुवै किमिसको मृत्युमा सबैभन्दा बढी ५५–६५ प्रतिशत दाबी पर्ने गरेको छ।

Esewa
Crest

उता दुर्घटनामा भएको मृत्युको बीमा दाबी भने सबैभन्दा कम पर्ने गरेको रिपोर्टमा उल्लेख छ। त्यस किसिमको बीमा दाबी १५–२० प्रतिशतमात्रै रहेको बताइएको छ।

भारतमा बीमा दाबी गर्ने अधिकत्तर पुरुष रहेको रिपोर्टमा प्रकाश पारिएको छ। यो संख्या ९०–९२ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।

त्यसैगरी भारतका सहरी क्षेत्रबाट बढी बीमा दाबी पर्ने गरेको छ। टर्म इन्स्योरेन्स क्लेममा महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, कर्नाटक र गुजरात शीर्ष स्थानमा रहेका छन्। यी क्षेत्रमा बीमाको महत्व र जागरुकता बढिरहेकोले पनि दाबीको संख्या अधिक देखिएको हो।

गम्भीर प्रकृतिका बिरामी र आकस्मिक मृत्यु लाभजस्ता राइडर लोकप्रिय रहेका छन्। यसले मानिसहरु विशेषगरी गम्भीर बिरामी र दुर्घटनाका घटनाबाट बढी चिन्तित रहेको प्रस्ट हुने रिपोर्टमा उल्लेख छ। भविष्यमा प्रविधिको बढ्दो पहुँचका कारण सजिलै बीमा घर–घरसम्म पुग्ने भएकोले पोलिसी बिक्री पनि वृद्धि हुने रिपोर्टमा अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS