IME Life New

भारतमा हजारौँ नक्कली पोलिसी जारी गरेर करोडौँको धोखाधडी, यसरी रचियो ठगीको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा हजारौँ नक्कली बीमा पोलिसी बिक्री गरेर करोडौँ रकमको धोखाधढी भएको घटना सार्वजनिक गरेको छ।

एउटा निजी बीमा कम्पनीको अनलाइन पोर्टलको दुरुपयोग गरी धोखाधडीमा संलग्न गिरोहले अर्को बीमा कम्पनीको नक्कली पोलिसी जारी गरी भारु ३ करोड १२ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको हो। यो गिरोहले कुल ६ हजार २४३ नक्कली बीमा पोलिसी जारी गरेको अनुसन्धानबाट खुलेको छ। तीमध्ये सबैभन्दा बढी १ हजार ९९५ बीमा पोलिसी बिहारबाट जारी भएका छन्।

Esewa
Crest

टाटा एआईजी जनरल इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक शशिशेखर सोढीको उजुरीका आधारमा साइबर स्टेसन प्रहरीले मुद्दा दर्ता गरी यो घटनाको अनुसन्धान थालेको छ। सोढीले दिएको उजुरीमा बीमा कम्पनीले ग्राहकलाई अनलाइन पोर्टलमा लगइन गरी सवारीसाधनको मेक र मोडल, दर्ता नम्बर, चेसिस नम्बर, इन्जिन नम्बर, अघिल्लो पोलिसी विवरण आदि भरेर बीमा पोलिसी लिन सक्ने सुविधा उपलब्ध गराएको उल्लेख छ।

कम्पनीको अनलाइन पोर्टलको दुरुपयोग गरी संगठित गिरोहहरुले धेरै नक्कली पोलिसी जारी गरेका छन्। उक्त पोर्टल प्रयोग गरी कुल ६ हजार २३४ बीमा पोलिसी जारी गरिएको थियो। जसमा दुईपांग्रे सवारीसाधनको श्रेणीमा भरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सामान्य प्यान, यूपीआई आईडी, ई–मेल आईडी र मोबाइल नम्बर धेरै बीमा पोलिसी प्राप्त गर्न प्रयोग गरिएको पत्ता लागेको छ। यससँगै यो ठगीको पछाडि एउटा गिरोह नै सक्रिय रहेको पत्ता लागेको थियो।

आईपी ठेगानाहरु निकाल्दा धेरैजसो नक्कली बीमा पोलिसीहरु बिहारबाट जारी भएको पत्ता लागेको थियो। बिहारबाट १ हजार ९९५ पोलिसी जारी गरियो थियो। यसबाट ग्राहकलाई ठगी गर्नुका साथै कम्पनीलाई भारु ३ करोड १२ लाख २३ हजारभन्दा बढीको आर्थिक नोक्सानीसमेत भएको अनुसन्धानबाट खुलेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS