IME Life New

भारतमा सडक दुर्घटनाका घाइतेलाई डेढ लाखसम्मको निःशुल्क उपचार, बीमा कम्पनीहरुले खर्च व्यहोर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले सडक दुर्घटनाका घाइतेहरुलाई भारु १ लाख ५० हजारसम्मको निःशुल्क नगदरहित उपचार सेवाको व्यवस्था गर्ने तयारी गरेको छ।

भारतको सडक यातायात मन्त्रालयले सडक दुर्घटनामा परेका सबै घाइतेलाई निःशुल्क नगदरहित उपचार दिने प्रस्तावलाई अन्तिम रुप दिएको हो। यस योजनाअन्तर्गत सडक दुर्घटना पीडितहरुले भारतभरका आयुष्मान भारत प्यानलमा रहेका अस्पतालहरुमा स्वास्थ्य सेवा पाउनेछन्। उपचारका लागि माथिल्लो सीमा भारु १ लाख लाख हुनेछ भने अस्पतालमा १० दिनसम्म उपचार निःशुल्क हुनेछ। उपचारको खर्च बीमा कम्पनीहरुले व्यहोर्नेछन्।

Esewa
Crest

यो पहलले सडक दुर्घटनाका पीडितहरुलाई पहिलो ६० मिनेटमा समयमै चिकित्सा सहायता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। जसलाई ‘गोल्डेन आवर’ पनि भनिन्छ। यो महत्वपूर्ण घडीमा तुरुन्त चिकित्सा हेरचाह प्रदान गर्नाले लगभग ५० प्रतिशत सडक दुर्घटनामा हुने मृत्युलाई रोक्न सक्ने अध्ययनहरुले देखाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS