IME Life New

भारतमा वायू सेवा कम्पनीमाथि नियामकको नियमित डण्डा, नेपालमा खेलाँची

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली आकाशमा शृंखलाबद्ध रुपमा भएको हवाई दुर्घटनाले नेपालको हवाई उडान असुरक्षित रहेको सन्देश विश्वभर फैलिएको छ। केही वायु सेवा कम्पनीले दुर्घटनारहित सुरक्षित उडानको प्रतिबद्धता व्यक्त गरे पनि पटक–पटक कुनै न कुनै प्राविधिक त्रुटि देखा पर्ने गरेको छ।

नेपालको वायु सेवाको नियमन र सञ्चालन दुवैको जिम्मेवारी एउटै संस्था नागरिक उड्ययन प्राधिकरणले पाएकाले यहाँ हवाई उडान सुरक्षासँग सम्झौता हुने गरेको निष्कर्ष युरोपेली युनियनको समेत छ।

Esewa
Crest

कहिले नोज गियर त कहिले ल्यान्डिङ गियर अड्किएर उडान अवरुद्ध हुने वा ढिला हुने समस्या नियमित जसो दोहोरिने गरेको छ। अतिसुरक्षित दाबी गरिएको वायु सेवा कम्पनीको विमानसमेत कहिले रनवेमा टायर चिप्लिएर विमान घाँसेमैदानमा पुग्ने त कहिले आकाशमा उडान भर्नेबित्तिक्कै प्राविधिक समस्याका कारण फिर्ता अवतरण गर्ने घटना पनि दोहोरिरहन्छ।

अनियन्त्रित भार वहनका कारण विमानले सन्तुलन गुमाएपछि गत साउन ९ गते उडान भरेको केही मिनेटमै त्रिभूवन विमानस्थल परिसरमै साैर्य एयरको जहाज दुर्घटना हुँदा पाइलटबाहेक सवार सबै १८ जनाको ज्यान गएको थियो।

‘दुर्घटनामा परेको साैर्य एयरलाइन्स जहाजको उडान अनुमतिमा क्यानको लापरवाही’

हवाई सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले औंल्याएका विषयसमेत सम्बोधन हुने गरेका छैनन् । नियमनको विषयमा सम्झाैता गर्दै आएकोमा नागरिक उड्डयन प्राधिकरणमाथि सधैं प्रश्न तेर्सिने गरेको छ ।

छिमेकी मुलुक भारतमा नागरिक उड्डयनको सञ्चालन र नियमनका लागि बेग्लाबेग्लै र प्रभावकारी संस्थाहरु कार्यरत छन्। त्यहाँ हवाई उड्ययन सुरक्षाको अनुगमन नियमनका लागि नागरिक उड्ययन महानिर्देशनालय र विमानस्थल व्यवस्थापनका लागि भारतीय विमानस्थल प्राधिकरण रहेको छ। त्यसैले त त्यहाँ नियमनकारी संस्थाले एकदमै सूक्ष्म रुपमा अनुगमन गर्ने र तत्कालै जरिवानासहितको कारबाहीसमेत गरिरहेको छ।

अयोग्य चालक दलका सदस्यमार्फत उडान गरेकोमा नागरिक उड्डयन महानिर्देशनालयले एयर इन्डियालाई गत अगस्त महिनामा ९० लाख भारू जरिवाना गरेको छ। यसबाहेक उड्डयन नियामकले एयरलाइन्सका सञ्चालन निर्देशक र प्रशिक्षण निर्देशकलाई क्रमशः ६ लाख र ३ लाख भारू जरिवाना गरेको छ। संलग्न पाइलटलाई पनि सावधानी अपनाउन चेतावनी दिएको छ।

बिजनेस स्ट्यान्डर्डका अनुसार पछिल्लो ३ महिनाको अवधिमा निजी क्षेत्रको वायु सेवा कम्पनी आकाशा एयरले ४० लाख भारु जरिवाना व्यहोरिसकेको छ। गत अक्टोबर महिनामा पाइलट प्रशिक्षणमा कमजोरी पाइएपछि नियामकले ३० लाख भारु जरिवाना गरिएको थियो। तोकिएको पूर्वाधार बिना नै अयोग्य प्रशिक्षकमार्फत पाइलट प्रशिक्षण सञ्चालन गरेकोमा नियामकले जरिवाना गरेको हो।

हालै गत मंगलबार ७ जना यात्रुलाई जहाज चढाउन अस्वीकार गरेकोमा १० लाख भारु जरिवानामा परेको छ। गत सेप्टेम्बरमा प्राविधिक गडबडीका कारण जहाजले उडान भर्न नसकेपछि वैकल्पिक विमानमार्फत बेंगलुरु–पुणे उडानमा अन्य यात्रुलाई पठाएर ६ जनालाई चढ्नबाट रोकिएको थियो। जहाजको क्षमताभन्दा बढी यात्रु भएको भन्दै चढ्नबाट वञ्चित गराइए पनि उनीहरुलाई क्षतिपूर्ति नदिए पनि नियामकले १० लाख भारु जरिवाना गरिदिएको हो।

हालै डिसेम्बर ९ मा महानिर्देशनालयले आकाशाको एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर (एएमई) लाई कारण देखाऊ आदेश जारी गरेको थियो। गत अगस्ट ३० मा बेंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको निरीक्षणमा विमानमा दायाँतर्फको नाकको पांग्र्राको दबाब सूचक सेन्सरको अनुचित रुपमा जडान भएको खुलासा भएपछि यो कुरा आएको हो। प्रमाणित गर्ने कर्मचारीहरुले दबाब सूचक सेन्सर प्रणालीलाई सुरक्षित रुपमा जडान गरेका थिएनन्।

छिमेकी मुलुकमा गहनरूपमा वायू सेवा कम्पनीको कमजोरी अनुगमन र कारवाही भइरहँदा नेपालको वायू सेवा क्षेत्रमा यस्तो कुनै पनि गतिविधि आम जानकारीमा आउँदैन । पाइलट र उडान दलका सदस्यहरूको तालिममा हुने लापरवाही देखि लिएर विमानको सुरक्षा जाँच र नियमित मर्मतमा हुने लापरवाही नेपालको आन्तरिक वायू सेवाको चुनाैती हो । युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनले नियमितरूपमा गर्दै आएको स्थलगत अध्ययनमा पनि वायू सेवा प्रदायक र नियामकको तर्फबाट एभिएशन सेफ्टी मेजरमा दर्जनाैं लापरवाही भएका तथ्य औंल्याइएका छन् । तर सुधारका लागि न त सेवा प्रदायक न त नियामक नै गम्भीर हुन सकेका छन् । उड्ययन सुरक्षाको प्रत्येक मापदण्डको पालना गर्नु खर्चिलो हुने भएकाले मापदण्डको पालना गर्नुको साटो नियामकलाइ अनुचित प्रभावमा पार्नु नै सस्तो हुने भएकाले वायू सेवा प्रदायकले लापरवाही गरिरहेका हुन् ।

नेपालमा नियामक र विमानस्थल सञ्चालक दुबैको भूमिकामा नागरिक उड्ययन प्राधिकरण छ। यो दुबै भूमिका निर्वाह गरिरहेकाले वायू सेवा कम्पनीसँग अनुचित सम्बन्ध र प्रभावका कारण प्राधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS