IME Life New

भारतमा बीमित हितमा अर्को फड्को, निर्जीवन बीमकले अब कुनै पनि दाबी ‘रिजेक्ट’ गर्नै नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमितले जुनसुकै समयमा पनि निर्जीवन बीमालेख (स्वास्थ्य बीमासमेत) रद्द गर्न सक्ने स्वतन्त्रता प्रदान गरिएको छ।

भारतको बीमा नियामक र विकास प्राधिकरणले खुद्रा बीमितले बीमकलाई सूचित गरेर बीमा अवधिभित्र कुनै पनि समयमा बीमालेख रद्द गरेर बाँकी अवधिका लागि पैसा फिर्ता लिन सक्ने निर्देशन जारी गरेको छ।

Esewa
Crest

‘यदि बीमितले बीमालेख रद्द गरेमा उसले रद्द गर्नुका कारण दिनुपर्ने छैन। तर, बीमकले बीमालेख खरिद गर्दा कुनै छलकपट भएको वा ठगी भएको आधार भएको अवस्थामा मात्र व्यक्तिगत रुपमा बीमालेख खरिद गर्ने खुद्रा क्रेतालाई न्यूनतम ७ दिनको सूचना दिएरमात्र बीमालेख रद्द गर्न सक्छ’, प्राधिकरणले मंगलबार जारी गरेको निर्देशनमा उल्लेख छ।

नियामकले भनेको छ, ‘प्रत्येक बीमकसँग हरेक प्रकृतिका बीमालेखअन्तर्गत कम्तीमा एउटा खुद्रा उत्पादन हुनुपर्छ, जसलाई आवश्यक न्यूनतम जोखिम बहनका लागि परिभाषित गरी आधार उत्पादनका रुपमा पहिचान गरिएको छ।’

‘यदि बीमालेखको अवधि १ वर्षसम्म छ र बीमा अवधिमा कुनै दाबी गरिएको छैन भने उपभोक्ताले बीमालेख रद्द गरेमा, बीमकले बीमा अवधि समाप्त नभएको बीमालेखको अवधिको अनुपातअनुसार बीमाशुल्क फिर्ता गर्नुपर्नेछ। जोखिम बहन अवधि सुरु भइनसकेको र समयावधि नपुगेको बीमालेखको बाँकी अवधिका लागि फिर्ता बीमाशुल्क १ वर्षभन्दा बढी अवधिको बीमालेखलाई आधार मानेर बनाइनुपर्छ’, परिपत्रमा भनिएको छ।

प्रमाण नभएको भन्दै दाबी इन्कार गर्न नपाउने

इकोनोमिक्स टाइम्सका अनुसार नियामकले कागजातको अभावमा कुनै पनि दाबी अस्वीकार गर्न नहुने जनाएको छ। बीमालेख प्रस्तावको जोखिम मूल्यांकन गर्दा आवश्यक सबै कागजातहरु माग गर्नुपर्नेछ। ‘ग्राहकलाई दाबी फारम, सवारी चालक इजाजत, सवारी रुट इजाजत, सवारी तन्दुरुस्ती, प्रहरी जाहेरी, प्रारम्भिक प्रतिवेदन, वारुणयन्त्र प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, खाताको किताब, स्टक दर्ताजस्ता दाबी भुक्तानीसँग प्रत्यक्ष रुपमा सम्बन्धित कागजातहरुमात्र थप माग गर्न सकिनेछ।

परिपत्रको प्रतिबन्धात्मक बाक्यांशमा भनिएको छ, ‘कुनै पनि परिस्थितिमा बीमकले वैधानिक मोटर तेस्रो पक्ष दायित्व बीमा वा कानुनद्वारा अनिवार्य गरिएको कुनै पनि अनिवार्य बीमा दोहोरो बीमा वा कुल क्षतिको अवस्थामा बाहेक रद्द गर्न सक्दैन।’

सरल शब्दमा बीमालेखको लिखित जानकारी दिनुपर्ने

नियामकले प्रत्येक खुद्रा ग्राहकलाई ग्राहक सूचना पानामा प्रत्येक बीमालेखलाई सरल शब्दमा, बीमालेखका आधारभूत सुविधाहरु एकै ठाउँमा पढ्न सकिने जानकारीसहित दिनुपर्ने जनाएको छ। यसमा छोटकरीमा जोखिम बहनको दायरा, अतिरिक्त सुविधा, दाबी रकमको आधार, बीमांक रकम, अपवाद, अधिक कटौती, विशेष सर्त र वारेन्टी, अनुमोदन, दाबी प्रक्रियासम्बन्धी जानकारी, दाबी सूचना र दाबी प्रशोधनको प्रक्रियाबारे जानकारी गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS