IME Life New

भारतमा बीमा पोलिसी खरिद गर्ने विदेशीको संख्या ५०%ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमा पोलिसी खरिद गर्ने विदेशीको संख्या ५० प्रतिशतले बढेको पाइएको छ।

पोलिसीबजारका तथ्यांकअनुसार भारतमा टर्म, हेल्थ र इन्भेस्टमेन्ट लिंक्ड बीमा प्रडक्ट किन्ने विदेशीको संख्या पछिल्लो २ वर्षमा ५० प्रतिशतले बढेको हो। भारतमा बीमा पोलिसी किन्ने विदेशीमा यूएई, अमेरिका र साउदी अरबका नागरिक धेरै छन्।

Esewa
Crest

भारतमा कुल बीमितको संख्यामा विदेशीको योगदान १२ प्रतिशत रहेको छ। विशेषगरी ३१ वर्षदेखि ४० वर्षका ६१ प्रतिशत विदेशी नागरिकले भारतमा टर्म इन्स्योरेन्स खरिद गरेका छन्। विगत दुई वर्षमा भारतमा बीमा खरिद गर्ने विदेशी महिलाको संख्या पनि ४ प्रतिशतबाट बढेर ११ प्रतिशत पुगेको छ।

भारतमा स्वास्थ्य बीमा लिने विदेशीको संख्या पनि पछिल्लो ३ वर्षमा वार्षिक रुपमा ७० प्रतिशत, १४० प्रतिशत र १०० प्रतिशतले बढेको छ। ठूलो संख्यामा खाडी मुलुकका नागरिकले भारतमा स्वास्थ्य बीमा खरिद गरेका छन्। त्यसपछि अमेरिका, बेलायत र अस्ट्रेलियाका नागरिक छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS