IME Life New

भारतमा बीमा एजेन्टहरुलाई राहतः बीमा कमिसन र बोनसमा घट्यो टीडीएस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा मंगलबार ल्याइएको बजेटमा व्यक्तिगत एजेन्टहरुलाई प्राप्त कमिसन र परिपक्वतामा जीवन बीमा पोलिसी अन्तर्गत प्राप्त सम्पूर्ण रकमको बोनस वा भुक्तानीको स्रोतमा कर कटौती (टीडीएस) घटाइएको छ।

व्यक्तिगत एजेन्टहरुबाट स्रोतमा टीडीएस हालको ५ प्रतिशतबाट घटाएर २ प्रतिशतमा पुर्याइएको हो। यो व्यवस्था सन् २०२५ अप्रिल १ देखि लागू हुनेछ।

Esewa
Crest

त्यसैगरी जीवन बीमा पोलिसीको बोसन भुक्तानी वा १०डी अन्तर्गत कुल आयमा समावेश नगरिनेलाई छाडेर बाँकी फन्डको भुक्तानीमा टीडीएस ५ प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गर्ने प्रस्ताव बजेटमा गरिएको छ। यो व्यवस्था आउँदो अक्टोबर १ देखि लागू हुनेछ।

यस कदमले ब्रोकर र पोलिसीधारकलाई थप तरलता सुनिश्चित गर्नेछ। व्यक्तिगत एजेन्टहरुलाई बीमा कमिसनमा ५ प्रतिशतबाट २ प्रतिशतमा टीडीएस घटाउँदा त्यस्ता व्यक्तिहरुको हातमा थप आय सुनिश्चित हुनेछ, जुन बीमा कम्पनीहरुले भुक्तान गर्दछ।

परिपक्वतामा जीवन बीमा पोलिसीहरुमा बोनस भुक्तानीमा टीडीएसलाई २ प्रतिशतमा घटाउनुले व्यक्तिगत पोलिसीधारकको हातमा उच्च उपज सुनिश्चित गर्ने गो डिजिट जनरल इन्स्योरेन्सका प्रमुख लगानी अधिकृत परिमल हेडाको भनाइ छ।

यसबाहेक सम्झौताबमोजिम मुख्य बीमा कम्पनीले एसोसिएट बीमा कम्पनीसँग प्रिमियम बाँडफाँट गर्ने वा बीमा कम्पनीका तर्फबाट पुनर्बीमा कम्पनीलाई सेवा उपलब्ध गराउने कुरालाई आपूर्ति मान्न नहुने जीएसटी काउन्सिलको धारणा बजेटमा दोहोर्याइएको छ।

शार्दुल अमरचन्द मंगलदास एन्ड कम्पनीका साझेदार (बीमा र पुनर्बीमा) शैलजा लालले विगत केही वर्षदेखि यो विषय जीएसटी प्राधिकरण र बीमा कम्पनीहरुबीच विवादको विषय बनेको र यस्तो व्यवस्था भएकाले बीमा क्षेत्रका लागि यो स्वागतयोग्य स्पष्टीकरण भएको बताइन्। ‘किनकि यो व्यवस्थामा सम्भावित जीएसटी भुक्तानी भारी बोझ अब हट्नेछ’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS