IME Life New

भारतमा बीमा अभिकर्ताका लागि कठोर नियम ल्याउँदै, अब पोलिसी बिक्री गर्दा अडियो-भिडियो रेकर्ड अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा क्षेत्रमा एजेन्टहरुका लागि नयाँ कठोर नियम लागू गर्ने तयारी गरिएको छ।

बीमा योजनाहरु अभिकर्ताहरुले गलत ढंगले बिक्री गरिरहेको गुनासो बढ्न थालेपछि सरकारले कठोर नियम लागू गर्ने तयारी गरेको हो। अब अभिकर्ताहरुले अनिवार्य रुपमा बीमा योजना बिक्री अडियो–भिडियो रेकर्डहरु राख्नुपर्ने नियम ल्याइँदैछ। जसमा उनीहरुले सम्भावित बीमितलाई बीमा योजनाका नीति र सुविधाका विषयमा सरल र प्रस्ट रुपमा जानकारी दिनुपर्ने हुन्छ।

Esewa
Crest

गलत ढंगले बीमा योजना बिक्री गरिरहेको हजारौँ मुद्दा उपभोक्ता मञ्चमा परेपछि भारतको उपभोक्ता मामिला विभागले अभिकर्ताहरुले बीमा योजनाको नियम र सर्तहरु स्पष्ट र सरल भाषामा व्याख्या गर्न आवश्यक छ भनेर वित्त मन्त्रालयलाई पत्राचार गरेको छ। वित्तीय सेवा सचिव विवेक जोशीले लेखेको पत्रमा उपभोक्ता मामिला सचिव रोहितकुमार सिंहले यस्ता गुनासाहरु आउनुको पछाडि उचित सञ्चारको अभावमा भएको जबाफ दिएका छन्। यद्यपि बीमितहरुले प्रायः बीमा गर्दा अभिकर्ताहरुले बीमा योजनाका सकारात्मक पक्षहरुमात्र बताउने गरेको गुनासो गरेका छन्।

यो मुद्दामा अन्तिम निर्णय भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई)ले लिनुपर्नेछ। जसले नीति–नियम बनाए लागू गर्ने जिम्मेवारी पाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS