IME Life New

भारतमा फोन पेले वर्षदिनमै बेच्यो ४० लाख मोटर बीमालेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा फिनटेक कम्पनी फोन पेले एक वर्षको अवधिमा डिजिटल प्ल्याटफर्ममार्फत् ४० लाखवटा भन्दा बढी निर्जीवन बीमालेख बिक्री गरेको छ। निर्जीवन बीमालेख बिक्री गर्दै आएको यो कम्पनीले डिजिटल माध्यममार्फत् बिक्री हुने दुई पाङ्ग्रे सवारी साधनको बीमाको व्यापारमा ६५ प्रतिशतभन्दा बढी वृद्धि गर्न सफल भएको दाबि गरेको छ।

द बिजनेश स्ट्याण्डर्डका अनुसार फो पे ले सेप्टेम्बर २०२१ मा आफ्नो प्लेटफर्ममार्फत् बीमालेख बिक्री सेवा शुरु गरेको हो ।यसले सन् २०२३ मा मात्र ४० लाखभन्दा बढी बीमालेख बिक्री गरेको छ। भारतमा डिजिटल बीमा बजार २४ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दरमा बढिरहेको छ। यसमा सबैभन्दा ठूलो हिस्सा र योगदान फोन पेको रहेको छ।

Esewa
Crest

स्वास्थ्य बीमा सेवाका लागि मासिक बीमाशुल्क भुक्तानी योजना समेत शुरु गरेको छ। यसले आधुनिक भारतीय उपभोक्ताका आवश्यकतालाई सम्बोधन गर्ने फोनपेको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS