IME Life New

भारतमा पाँच कराेड बीमांकसम्मकाे निर्जीवन बीमालेख प्रयाेगमा ल्याउन नियामककाे पूर्व स्वीकृति नचाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । भारतीय बीमा नियामकले निर्जीवन बीमा कम्पनीलाई पूर्व स्वीकृति बिना नै नयाँ बीमालेख प्रचलनमा ल्याउन अनुमति दिएको छ।

सबै निर्जीवन बीमालेखहरु ‘प्रयोग र दर्ता’ प्रक्रिया अन्तर्गत प्रचलनमा ल्याउन अनुमति दिइएको छ । अब कुनै पूर्व स्वीकृति बिना नै नयाँ नयाँ बीमालेख याेजना तयार पार्न बजारमा निर्वाधरुपमा बिक्री गर्न सकिने भएकाे छ।

Esewa
Crest

नियामकले जारी गरेकाे विज्ञप्तिमा, “निर्जीवन बीमा कम्पनीहरूलाई बजार आवश्यकता अनुसार बीमा याेजना तयार पार्न र तत्कालै बजारमा लैजान र बीमितलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्न महत्त्वपूर्ण प्रोत्साहन मिल्ने अपेक्षा गरेकाे छ । यसले भारतमा बीमाकाे बिस्तारलाई पनि गति दिनेछ ।” भन्दै उल्लेख गरेकाे छ ।

निर्जीवन बीमामा विविध बीमा शाखा भनेको एक अद्वितीय क्षेत्र हो । जसमा बीमितकाे निरन्तर विकसित आवश्यकता पूरा गर्न रचनात्मक अवधारणा आवश्यक पर्दछ।

नियामकले पहिले भारू ५ करोड ( ८ कराेड नेपाली रूपैयाँ) भन्दा माथिको बीमांक रकमकाे लागी जारी गरिने बीमा याेजनाहरू पूर्व स्वीकृति बिना नै प्रचलनमा ल्याउन सकिने प्रावधान रहेकाे थियाे । तर भारू ५ करोड बीमांकसम्मकाे बीमालेख याेजना प्रचलनमा ल्याउनु पूर्व नियामककाे स्वीकृति चाहिनेछ। ”

नियामकले निर्जीवन बीमा उत्पादनको डिजाइन र मूल्य निर्धारणको सन्दर्भमा उद्योगलाई उदीयमान बजारको आवश्यकतालाई छिटो प्रतिक्रिया दिन र सामान्य बीमा व्यवसाय सञ्चालनमा दक्षता प्रवर्द्धन गर्नको लागि प्रचलित उत्पादन फाइलिङ प्रक्रियाको समीक्षा गर्दै थपेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS