IME Life New

भारतमा नयाँ जीवन बीमा कम्पनीले इजाजत पायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण आइआरडीएआइ ले जीवन बीमा व्यवसाय सञ्चालन गर्न गो डिजिट लाइफ इन्स्योरेन्सलाई इजाजत पत्र जारी गरेकाे छ। याेसँगै भारतीय जीवन बीमा बजारमा बीमककाे स‌ंख्या २४ पुगेको छ।

सूचना प्रविधिमा आधारित रहेर जीवन बीमालेखहरुकाे प्रवर्द्धन र बिक्री वितरण गर्ने उद्देश्यले गो डिजिटल लाइफ कम्पनीकाे स्थापना भएको हाे । भारतीय नियामकले सन् २०५० सम्ममा सबैका लागी बीमा भन्ने याेजना अन्तर्गत बीमामा पहुँच विस्तार गर्न रणनीतिगतरुपमा विभिन्न सुधारहरु गर्दै लगेकाे छ।

Esewa
Crest

गाे डिजिटको चुक्ता पूँजी ७ अर्ब देखि १० अर्ब रुपैयाँ रहने लाइभ मिन्टले उल्लेख गरेकाे छ। गाे डिजिटमा क्यानेडाली अर्बपति प्रेम वाट्साको फेयरफ्याक्स फाइनान्सियल होल्डिङ्सले याे बीमा कम्पनीमा सुरुमा ३०% प्रतिशतसम्म शेयर लगानी गर्ने  सम्भावना रहेकाे लाइभमिन्टले अनलाइन स‌ंस्करणमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS