IME Life New

भारतमा जीवन बीमा व्यवसायले ५ वर्षमा ११ प्रतिशत माथिको वृद्धिदर हासिल गर्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी केयर एजले भारतीय जीवन बीमा व्यवसायले आगामी तीन देखि पाँच वर्षको अवधिमा ११ प्रतिशतभन्दा माथिको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ।

केयर एजका अनुसार जीवन बीमा व्यवसायले तीनदेखि पाँच वर्षको अवधिमा करिब वार्षिक ११ देखि १३ प्रतिशतको दरले वृद्धि हासिल गर्ने अनुमान गरेको छ। व्यवसाय विकासका लागि विवेकपूर्ण जोखिमांकन, उच्च कुल गाहर्स्थ आम्दानी वृद्धि, द्रुत शहरीकरण, सुरक्षा योजनाको माग, यूवा पुस्ताका लागि बीमा सुरक्षाको माग, ग्रामीण क्षेत्र लक्षित सरकारी बीमा विस्तार अभियानले यो वृद्धिदरलाइ समर्थन गर्ने रेटिङ एजेन्सीको अपेक्षा छ।

Esewa
Crest

रेटिङ एजेन्सीका अनुसार जीवन बीमा व्यवसायको विस्तारमा धोखाधडी, बीमालेख व्यतित अनुपात, प्रतिकूल बृहत् आर्थिक परिवर्तन, र नियामक परिदृश्यका कारण हुने अनिश्चितताले बाधा सिर्जना गर्न सक्छन् ।

रेटिङ एजेन्सीले जारी गरेको प्रतिवेदन अनुसार आगामी आर्थिक वर्ष २०२५ सम्म जीवन बीमा व्यवसाय कुल बीमाशुल्क आम्दानीको वृद्धिदर यथावत रहनेछ ।

अघिल्लो आर्थिक वर्ष २०२३ मा नयाँ बीमाबाट प्राप्त प्रथम् बीमाशुल्क आम्दानी १७.९ प्रतिशतको वृद्धि दर हासिल गरेको भारतीय जीवन बीमा व्यवसायले गत आवमा जम्मा २ प्रतिशतको वृद्धि दर हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS