IME Life New

भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताको खेलको मात्र १८ अर्ब रुपैयाँको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा आयोजना भइरहेको विश्वकप क्रिकेट प्रतियोगिताका लागि गरिएको बीमा भारतमा हालसम्मकै सर्वाधिक बीमांकको प्रतियोगिता बनेको छ। भारतमा आइसीसी पुरुष क्रिकेट विश्वकप प्रतियोगिताको अब अन्तिम खेल मात्र हुन बाँकी छ। प्रतियोगिताको फाइनल खेल आज आइतबार दिउँसो गुजरातको नरेन्द्र मोटी स्टेडियममा हुनेछ।

भारतीय सञ्चारगृहका अनुसार अन्तिम खेल बाहेकका अन्य प्रत्येक खेलको भारु ८० करोड रुपैयाँ बीमा‌ंक सम्मको बीमा गरिएको छ। यो मध्ये सबैभन्दा ठूलो बीमा प्रतियोगिताको प्रत्यक्ष प्रशारणको इजाजत प्राप्त गरेको ब्रोडकास्टर स्टार इन्डियाबाट आएको छ । यो सञ्चारगृहले ४८ खेलका लागि १८ अर्ब  भारु बराबरको बीमा गरिएको अनुमान गरिएको छ। यो तथ्याङ्कले अन्य सरोकारवालाले खरिद गरेको बीमाको रकम समावेश गरेको छैन ।

Esewa
Crest

प्रतियोगिता अवधिभरको जोखिम स्वीकारेका बीमकहरु अन्तिम खेल हुनुपूर्व सम्म कुनै अप्रिय र अप्रत्याशित घटना नभएकोमा खुशी छन् । अन्तिम खेलका लागि उनीहरु ईश्वरसँग प्रार्थना गरिरहेका हुनसक्छन् ।

एक बीमा ब्रोकरले भने, “विश्वकप भन्दा पहिले भएको एशिया कपमा मौसमको कारणले गर्दा खेलहरु रद्द हुँदा बीमकले ठूलो दाबी भुक्तानी गर्नुपरेको थियो । त्यसको तुलनामा यसपटक विश्वकपले सानातिना अवरोध मात्र देखेको छ, जसले ठूलो दाबी सिर्जना गर्नेछैन ।

कार्यक्रमका लागि प्रसारणकर्ताले मात्रै करिब ६४ करोड रुपैयाँ बीमाशुल्क भुक्तानी गरेको बीमा उद्योग स्रोतलाई उद्घृत गर्दै टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ।  उद्योग विज्ञहरूका अनुसार भारतविरुद्धको खेलमा दर्शकहरुको उपस्थिति बढी हुने भएकाले अन्य खेलहरुको तुलनामा भारतीय टोली सहभागी खेलहरुको जोखिम बीमा पनि बढी गरिएको हुन्छ। एउटै खेलको बीमा जोखिम भारु ८० करोड सम्म जान्छ।

एक बीमा दलालका अनुसार भारतमा आयोजित अघिल्लो विश्वकपको तुलनामा यस पटकको विश्वकपमा बीमा सुरक्षणको उल्लेख्य मागले भारतीय प्रसारणकर्ता, प्रायोजक, स्टेडियम अधिकार प्रापक स‌ंस्था लगायत सबै सरोकारवाला जोखिमको बीमा बारे सचेत छन् भन्ने सन्देश दिएको छ ।

प्रतियोगिता आयोजन अवधिभरका लागि सबै बीमा जोखिम बहनको नेतृत्व सरकारी स्वामित्वको निर्जीवन बीमक न्यू इण्डिया एस्योरेन्सले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS